१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

व्यापार घाटा र शोधनान्तर घाटा बढेको बढ्यै



काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनामा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई रु.१५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ भने शोधनान्तर घाटा २ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ ।

नेपालको निर्यात व्यापार कमजोर र आयातमा भएको वढोत्तरीका कारण व्यापार घाटा वढेको हो । आयातबाट विदेशी मुद्रा बाहिरिने वढी र विदेशी मुद्रा भित्रिनै कमी भएका कारण शोधानान्तर घाटा भएको हो ।

रेमिट्यान्सबाट, पर्यटकको आगमनबाट र गैरसरकारी संघसंस्थाबाट भित्रिने विदेशी मुद्राको कमीका कारण नेपालमा विदेशी मुद्राको सञ्चिति पनि घटिरहेको छ । सरकारले विदेशी ऋण र अनुदानबाट विदेशी मुद्रा आर्जन गर्न नसकेका कारणले पनि शोधानान्तर र विदेशी मुद्रामा मुलुकलाई दबाब पर्दै आएको छ ।

चालु वर्षको ११ महिनामा चालु खाता घाटा पनि थप बढेर गएको छ। यो अवधिमा चालु खाता घाटा पाँच खर्ब ९५ अर्ब ७३ करोड पुगेको हो।

समीक्षा अवधिमा चालु खाता रु.५ खर्ब ९५ अर्ब ७३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२ खर्ब ९८ अर्ब ११ करोडले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष चालु खाता घाटा २ खर्ब ९८ अर्ब ११ करोड थियो। तर अर्थतन्त्रका सूचकांकहरु बिग्रँदो स्थितिमा जाँदै गर्दा चालु खाता घाटा र शोधनान्तर घाटा करिब एक वर्षको अवधिमा थप गहिरिएको छ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ९६ करोडले घाटामा रहेको छ ।

विदेशी मुद्रा सञ्चितिले ७ महिनामात्रै धान्ने

आर्थिक सुचकांकहरु नकारात्मक भइरहँदा खुद प्रत्यक्ष वैदेशिक लगानी भने ७.१ प्रतिशतले वृद्धि भई रु.१७ अर्ब ३५ करोड पुगेकोबाट केही सकारात्मक पक्ष देखिएके छ । गत वर्षको ११ महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब २० करोड रहेको थियो ।

११ महिनामा शोधनान्तर स्थिति रु.२ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१५ अर्ब १५ करोडले मात्र घाटामा रहेको थियो ।

गत वर्षको असार मसान्तमा रु.१३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा रु.११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आई ९ अर्ब ४५ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १७.१ प्रतिशतले कमी आई रु.१० खर्ब ३१ अर्ब ८९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ जेठ मसान्तमा ६.१ प्रतिशतले कमी आई रु.१ खर्ब ४४ अर्ब ९५ करोड कायम भएको छ । विस्तृत समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन ।

 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ६ : ५४ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो