२ पुस २०८२, बुधबार | December 17, 2025

आर्थिक अवस्था सुध्रिने खालको मौद्रिक नीति ल्याउन देउवाले दिए गर्भनर अधिकारीलाई सुझाव



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको आर्थिक अवस्था सुध्रिने खालको मौद्रिक नीति ल्याउन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबारे ब्रिफिङको क्रममा प्रधानमन्त्री देउवाले अहिलेको आर्थिक अवस्थालाई सुधार गर्ने खालको मौद्रिक नीति ल्याउनुपर्ने बताएका हुन् । गर्भनर अधिकारीले अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आज ब्रिफिङ गरेका हुन् ।

त्यसक्रममा अधिकारीले आगामी साता मौद्रिक नीति ल्याउने जानकारी गराएका थिए ।

भेटका क्रमममा गभर्नर अधिकारीको राजनीतिक संलग्नताबारे प्रधानमन्त्रीले कुनै प्रश्न गरेनन् । नेकपा एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै उनको आलोचना भएको थियो । यद्यपी, अधिकारी स्वयं र एमालेले त्यसको खण्डन गरको छन् ।

ब्रिफिङमा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उद्योग वाणिज्य तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र अर्थसचिव मधु मरासिनी पनि उपस्थित थिए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ३ : ५७ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन