२९ माघ २०८२, बिहिबार | February 12, 2026

काठमाडौंमा आजबाट कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने



काठमाडौं । आजदेखि काठमाडौं महानगरबासीले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ ।

महानगरले स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै संकलन गर्ने भएको छ । यस्तो नगर्नेलाई कारबाही हुने भएको छ । फोहोर नुछट्याएमा प्रत्येक पटक पाँच रुपैयाँ जरिवाना हुने महानगरले जनाएको छ ।

काठमाडौंको फोहोर विसर्जन हुँदै आएको सिसडोल क्षेत्रका बासिन्दासँग भएको सहमति अनुसार स्रोतमै फोहोर छुट्याउन लागिएको हो ।

घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलगअलग भाँडोमा राख्नुपर्ने काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले बताइन् ।

यसरी छुट्याएको फोहोर संकलन गर्न फरकफरक दिन तोकिएको छ । आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिनेको फोहोर संकलन र व्यवस्थापन गरिने उनले बताइन् ।

आजबाट फोहोर वर्गीकरण गर्नुपर्ने भए पनि महानगरले भने यसअघिको फोहोर पनि व्यवस्थापन गर्न सकेको छैन । कयौं ठाउँमा दुई सातादेखि फोहोर उठेको छैन ।

 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : ४६ बजे

बागलुङमा स्कूल बस दुर्घटना; २३ विद्यार्थी घाइते, पाँचको अवस्था गम्भीर

बागलुङ । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी

बदलिएर आएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल

रुपन्देहीमा शुक्रबारदेखि सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

बुटवल । उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने उद्देश्यसहित