२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

व्यवसायीबाट उम्मेदवारसम्म चुन्नप्रसाद पौडेल, रुपन्देही-२ मा व्यवसायीको बलियो समर्थन



बुटवल । २०४४ सालमा बुटवल झरेर सानो स्तरबाट व्यवसाय सुरु गरेका चुन्नप्रसाद पौडेल आज यस क्षेत्रका स्थापित व्यवसायी र वरिष्ठ उद्योगीको रूपमा परिचित छन्। व्यापारबाटै आफ्नो पहिचान बनाएका पौडेलले पछि उद्योग क्षेत्रमा समेत लगानी विस्तार गर्दै सफल उद्यमीको छवि निर्माण गरेका छन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार बनेका पौडेलको पक्षमा जनसमर्थन क्रमशः बढ्दै गएको देखिन्छ। कांग्रेसबाट टिकट पाएर चुनावी मैदानमा उत्रिएका पौडेलले मंगलबार बुटवलमा खुद्रा किराना व्यवसायीहरूसँग अन्तरक्रिया गरेका थिए।

अन्तरक्रियाका क्रममा व्यवसायीहरूले पौडेललाई “आफ्नै क्षेत्रबाट उठेको प्रतिनिधि”को रूपमा चित्रण गर्दै पूर्ण समर्थन रहने प्रतिबद्धता जनाए। उनीहरूले यस निर्वाचनमा पार्टीभन्दा पनि व्यवसायी समुदायको प्रतिनिधिलाई जिताउने लक्ष्य राखिएको स्पष्ट पारे।

खुद्रा किराना व्यवसायी संघका अध्यक्ष गोपालकुमार प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सल्लाहकार कृष्णप्रसाद पाण्डे, महासचिव यमलाल बेलवासे लगायतले पौडेलको विजयले व्यवसायी समुदायको पहिचान थप सुदृढ हुने विश्वास व्यक्त गरे। परिवारकै सदस्यजस्तै भएकाले व्यवसायीका समस्या समाधानमा सहज हुने भन्दै उनीहरूले साथ र सहयोग रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा उम्मेदवार पौडेलले आफू खुद्रा किराना व्यवसायबाटै उद्योगी बनेको स्मरण गर्दै आफ्नै धरातलका समस्या राम्ररी बुझ्ने बताए। उनले व्यवसायीका समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै सरोकारवालासँगै बसेर समाधानको स्पष्ट मार्गचित्र बनाउने प्रतिबद्धता व्यक्त गरे।

त्यस अवसरमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का सभापति तथा निर्वाचन परिचालन मूल समितिका संयोजक प्रजापाल गिरीले पौडेल उद्योगी-व्यवसायीका अभिभावकजस्तै रहेको बताए। उनले पौडेलको जितले यस क्षेत्रको औद्योगिक तथा व्यावसायिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्दै रुख चिन्हमा मतदान गर्न आग्रह गरे।

बुटवलका २४ युवा नेपाली कांग्रेसमा प्रवेश

यसैबीच, विभिन्न राजनीतिक दल परित्याग गर्दै बुटवलका विभिन्न वडाबाट २४ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। माओवादी द्वन्द्वकालमा भूमिगत जीवन बिताएकासमेत सहभागी युवाहरूले देशको विकास र स्थायित्वका लागि नेपाली कांग्रेस नै प्रतिबद्ध पार्टी भएको निष्कर्षसहित पार्टी प्रवेश गरेको बताएका छन्।

उनीहरूलाई नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा उम्मेदवार चुन्नप्रसाद पौडेल, क्षेत्रीय सभापति प्रजापाल गिरी लगायतका नेताहरूले मंगलबार बुटवल उपमहानगरपालिका वडा नम्बर-८ मा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन्।

त्यसैगरी मंगलबार नै तिलोत्तमा नगरपालिका वडा नम्बर-२ मा नेपाली कांग्रेसको प्रचार-प्रसार सम्पर्क कार्यालयसमेत उद्घाटन गरिएको छ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ६ : ३२ बजे

अर्घाखाँचीमा रास्वपाका हरि प्रसाद भुसालको अग्रता

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी

दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय

बाँके ३ मा रास्वपाको अग्रता कायम

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेको ३ नम्बर निर्वाचन क्षेत्रमा

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेल १३ हजार २७१ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

डडेल्धुरा । डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका