२९ माघ २०८२, बिहिबार | February 12, 2026

सरुवा सेटिङ : प्रधानमन्त्रीदेखि मन्त्रीका आ-आफ्नै दाउ



काठमाडौं । प्रशासनिक क्षेत्रमा कर्मचारी सरुवा सामान्य र नियमित प्रक्रिया भए पनि विभिन्न पक्षको रुचि र सेटिङका कारण विवादित बन्ने गरेको छ । सरुवामा आर्थिक चलखेलसमेत हुने गरेको पाइएको छ ।

कर्मचारी सरुवामा प्रधानमन्त्रीको सचिवालय, मन्त्रीदेखि सचिव तथा ट्रेड युनियन नेतासमेतको ‘सेटिङ’ धन्दा चल्ने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ । कर्मचारीको अन्तरमन्त्रालयस्तरीय सरुवा गर्ने निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हो ।

सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग्नेको भिडै लाग्ने गरेको छ । नयाँ आर्थिक वर्षसँगै ‘आकर्षक र कमाउ’ अड्डामा जान कर्मचारीको दौडधूप हुनेक्रम बढेको छ ।

कर्मचारी सरुवा गराएबापत गराउनेले कर्मचारीसँग रकमसमेत लिने गरेको स्रोतको दाबी छ । ‘आकर्षक निकाय’का रूपमा रहेका मालपोत, नापी, यातायात, प्रशासन, तथा केही स्थानीय तहमा जान कर्मचारीमा ‘आर्थिक लेनदेन’ हुने गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको स्वकीय सचिवालयका कर्मचारीसमेत ‘सरुवामा आर्थिक लेनदेन गरेको’ भन्दै विवादित बनेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सचिव सरुवामा प्रधानमन्त्रीको रुचि भए पनि मन्त्रीसमेत हाबी देखिन थालेका छन् । उनीहरूले आफ्नै रुचिमा सचिव लैजाने गरेका छन् । यद्यपि, सचिव सरुवा गर्ने प्रमुख जिम्मेवारी मुख्य सचिवको हो ।

तर, प्रधानमन्त्रीको स्वकीय सचिवालयले हस्तक्षेप गर्ने हु“दा सरुवामा मुख्य सचिवको पनि भूमिका कमजोर हु“दै आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले राजधानीलाई बताए ।

‘प्रधानमन्त्रीको सचिवालयबाट आएको चिर्कटो र सूचीका आधारमा मुख्य सचिवले सचिव सरुवा गर्ने गर्नुभएको छ,’ ती अधिकारीले भने, ‘मुख्य सचिवले विवेक प्रयोग गर्न पाउने अवस्था छैन ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार विशेषगरी सचिव, सहसचिव तथा केही आकर्षक निकायका उपसचिव सरुवामा प्रधानमन्त्रीको सचिवालय बढी हाबी हुँदै आएको छ । प्रधानमन्त्री सचिवालयबाट आएको सूचीका आधारमा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा गर्दै आएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : ५८ बजे

बागलुङमा स्कूल बस दुर्घटना; २३ विद्यार्थी घाइते, पाँचको अवस्था गम्भीर

बागलुङ । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी

बदलिएर आएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल

रुपन्देहीमा शुक्रबारदेखि सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

बुटवल । उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने उद्देश्यसहित