१७ पुस २०८२, बिहिबार | January 1, 2026

विद्युत प्राधिकरण भरतपुरका प्रमुखसहित आठजनाविरुद्ध अभद्र व्यवहारको मुद्दा



चितवन । चितवनका पत्रकार कृष्ण आचार्यलाई कुटपिट गर्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले विद्युत प्राधिकरण भरतपुरका प्रमुख राजीव सिंहसहित आठ कर्मचारीविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेको हो ।

शुक्रबार विद्युत प्राधिकरणको कार्यालयभित्रै कर्मचारीहरू मासु र मदिरा सेवन गरेर बसेका बेला रिपोर्टिङ गर्न पुगेका पत्रकार आचार्यमाथि कर्मचारीले कुटपिट र अभद्र व्यवहार गरेका थिए । अभद्र व्यवहार गरेको आरोपमा भरतपुर केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् ।

पौडेल शुक्रबार राति नै पक्राउ परेका थिए । अन्यलाई भोलिपल्ट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट आज म्याद थपको अनुमति लिने बेला विद्युतका प्रमुख सिंहलाई पक्राउ गर्न अनुमति लिइने उनले बताए । सिंहलाई अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन । मुद्दा दर्ता भएपछि सिंह फरार भएका छन् ।

नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक आचार्यमाथि विद्युत प्राधिकरण कर्मचारीले कार्यालयको गेट बन्द गरेर कुटपिट गरेका थिए । कार्यालयको पर्खालबाट हामफालेर आचार्यले ज्यान जोगाएका हुन् । घटनापछि नेपाल पत्रकार महासंघसहित पत्रकारका विभिन्न पेसागत संगठनहरुले घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् । पत्रकार आचार्य प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ चितवनका सदस्य पनि हुन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : २६ बजे

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

काठमाडौं । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

बुटवल सडक खाना महोत्सवमा रक्तदान कार्यक्रम, ३० युनिट रगत संकलन

बुटवल । पर्यटन प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बुटवलमा जारी

विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व,