१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

एमाले नेता वासुदेव घिमिरेबाट एमाले परित्यागको घोषणा



बुटवल । नेकपा एमालेका नेता एवम प्रतिनिधिसभाका निवर्तमान सांसद बासुदेव घिमिरेले एमाले परित्याग गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै घिमिरेले एमाले परित्याग गरेका हुन् ।

उनले पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको भन्दै आजको दिन देखि आफु संगल्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको घोषणा गरेका छन् । घिमिरेले अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि रहेको पनि उल्लेख गरेका छन् ।

उनले आजै साँझ मात्र खबरकुरासँग कुरा गर्दै आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टीमा समाहित हुन प्रस्ताव आएको खुलासा गरेका थिए । उनले प्रस्तावप्रति आफु सकारात्मक रहेको जनाउँदै एमाले परित्याग गरिनसकेको जनाएका थिए ।

उनले देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार रहेको जनाएका छन् ।

घिमिरेले आजसम्म यहाँ आईपुग्दा अवसर र जिम्मेवारी दिने सवै प्रति आभार पनि व्यक्त गरेका छन् ।
सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई सम्वृद्वीको यात्रामा अघि वढाउने अभियानमा ईमान र निष्ठाका साथ सदैव आफु सवैसंग संगसंगै रहने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १० : ४३ बजे

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८

तिब्बतमा कृत्रिम ताल फुट्ने जोखिम बढेपछि उद्धार कार्य रोकियो

काठमाडौं । नेपाल-चीन सीमावर्ती तिब्बतमा भीषण पहिरोपछि नदी थुनिएर बनेको

पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले