१० पुस २०८२, बिहिबार | December 26, 2025

नेपाललाई ‘प्ले ग्राउण्ड’ बनाउनेतिर संसारका शक्ति राष्ट्रहरु लागेका छन् : जितेन्द्र नारायण देव



काठमाडौं । राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले नेपाललाई ‘प्ले ग्राउण्ड’ बनाउने तिर संसारका शक्ति राष्ट्रहरु लागेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘नेपाललाई प्ले ग्राउण्ड बनाउने तिर संसारका शक्ति राष्ट्रहरु लागेका छन् । नेपाल प्ले ग्राउण्ड नबनोस्,’ सांसद देवले भने, ‘नेपालको कुनै पनि विषयमा निर्णय लिने सार्वभौम अधिकार नेपाल र नेपाली जनताको हो, तिमीहरु बोल्न पाउँदैनौं भन्न सक्नुपर्छ सरकारले ।’

नेपालको कूटनीतिमा केही चुनौत र केही खतराहरु देखिरहेको उनले बताए । नेपालको आन्तरिक विषयलाई लिएर दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनले वाकयुद्ध गरिरहेकोमा उनले आपत्ति समेत जनाए ।

‘हिजो एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) पास हुँदाखेरी चीन एमसीसी पास हुनुहुँदैन भनेर खुलेर आयो । अमेरिका पास हुनुपर्छ भनेर आयो । एसपीपी (स्टेट पार्टनरसीप प्रोग्राम) पास पास होस् भन्ने अमेरिका चाहन्थ्यो । एसपीपीमा नजाने नेपालको निर्णयको चीनले खुलेर स्वागत गर्यो,’ उनले भने ।

नेपालमा कुन विषयमा कसरी जाने भन्ने निर्णय लिने अधिकार सार्वभौम नेपाली जनता र सरकारको अधिकार भएको उनले बताए । उनले चीन र अमेरिकालाई सम्बोधन गरेर एउटा कडा विज्ञप्ति जारी गर्न सरकारको ध्यानाकर्षण समेत गरे ।

केही दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुखले गरेको नेपाल भ्रमण र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गरेको भारत भ्रमणलाई भने उनले सकारात्मक बताए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : ३५ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र