१७ पुस २०८२, बिहिबार | January 1, 2026

माटोलाई समयमै जोगाउन अभियन्ताको आग्रह



भक्तपुर । माटो बचाऔं अभियानले माटो जोगाउन आह्वान गरेको छ । भक्तपुरको एभरेष्ट इंग्लिस स्कुल मिवाछें व्यासी भक्तपुरमा आइतबार सार्वजनिक कार्यक्रममा अभियन्ताहरूले माटो भगवान भएको र यसलाई जोगाउनु आवश्यक भएको बताए ।

माटो वचाऔं अभियानमा देश दौदाहामा हिँडेका अभियन्ताहरू आइतबार भक्तपुर पुगेका थिए । कार्यक्रममा स्कुलका एक हजारभन्दा बढी विद्यार्थीका साथै शिक्षक, अभिभावक तथा सर्वसाधारणको उपस्थिति थियो ।

अभियन्ता यमबहादुर चोचांगी पुनले माटो बचाउन आह्वान गरे । उनले माटो बचाउन ढिला भइसकेकले आजैबाट सुरु गर्न अनुरोध गरे । पुनले माटोलाई जोगाउनुपर्ने आवश्यकताबारे औंल्याए । हरेक सेकेण्ड करिब आठ रोपनी अर्थात् ३२ कठा खेतीजन्य माटो मरुभूमिमा परिणत भएको भन्दै यो चिन्ताको विषय भएको उनले सुनाए ।

संयुक्त राष्टसंघको मरुभूमीकरण र खडेरीविरुद्ध संघर्ष अधिवेशन संस्था ९यूएनसीसीडी० को प्रतिवेदन उद्धृत गर्दै उनले हरेक सेकेण्ड यति धेरै माटो नष्ट हुनु गम्भीर विषय भएको बताए ।

पुनले काठमाडौंबाट ३५ दिन अगाडिबाट माटो जोगाऔं अभियानका साथ पैदल यात्रा सुरु गरेको जानकारी दिए । उनको यात्रा पूर्वी जिल्लाहरू सकेर शनिबार भक्तपुर पुगेको र आइतबार कार्यक्रम गरेको जनाए ।

कार्यक्रममा एभरेष्ट इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले माटो जोगाऔं अभियानसँंगै माटो कसरी जोगाउने भन्ने ज्ञान पनि दिनु आवश्यक भएको सुझाए । उनले आफूलाई जानकारी भए अनुसार रुख रोपेर, रासायनिक मलको प्रयोग गरी कम्पोष्ट मलको प्रयोग गरेर आदि इत्यादि गरेर माटो जोगाउने सकिने जनाए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  २ : ४७ बजे

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

काठमाडौं । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

बुटवल सडक खाना महोत्सवमा रक्तदान कार्यक्रम, ३० युनिट रगत संकलन

बुटवल । पर्यटन प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बुटवलमा जारी

विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व,