६ पुस २०८२, आइतबार | December 21, 2025

साफ च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टोलीको घोषणा



काठमाडौं । भारतमा आयोजना हुने साफ यु–२० पुरुष च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घले आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।

यही साउन ९ देखि २० गतेसम्म भारतको भुवनेश्वरमा आयोजना हुने उक्त च्याम्पियनसिपका लागि यु–२० का मुख्य प्रशिक्षक मेघराज केसीले ३० सदस्यीय खेलाडीबाट अन्तिम टोलीको छनोट गर्नुभएको हो । छनोट हुने खेलाडीको गोलकिपरमा ईश्वर गुरुङ, उनेश चौधरी र जियारथ शेख छन् ।

यसैगरी डिफेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिशेक वाइवा रहेका छन् । मिडफिल्डरमा दीपेश गुरुङ, आशिष राई, सन्दिप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिषरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान छन् भने फरवार्डमा दीपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेका छन् ।

उक्त प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का गरी पाँच टोलीको सहभागिता रहेको छ । नेपालले उक्त प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । उक्त खेल यही साउन ९ गते हुनेछ ।

यसैगरी नेपालले आफनो दोस्रो खेल साउन ११ गते श्रीलङ्काको सामना गर्नेछ भने तेस्रो खेल आयोजक भारतसँग खेल्नेछ । नेपालले भारतसँग साउन १५ गते खेल्नेछ । त्यस्तै नेपालले साउन १७ गते बङ्गलादेशको सामना गर्नेछ । प्रतियोगितामा शीर्ष दुई स्थान हात पार्ने टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ०६ बजे

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट