४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौं महानगरपालिकाले ल्यायो तीन वटा दमकल



काठमाडौं । काठमाडौं महानगरपालिकाले आज तीन वटा दमकल ल्याएको छ ।

‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ । सोही अनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरु महानगरमा आइपुगेका छन्,’ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दमकलहरुको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ ।’

सकेसम्म अग्नी दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प भएको जनाउँदै उनले आगोको बिषयमा कहिलै पनि हेलचेक्राइँ नगर्न सबैलाई अनुरोध गरेका छन् ।

‘आगोको प्रयोगमा असाध्यै धेरै सावधानीको आवश्यकता जहाँसुकै र जहिलै हुन्छ । काठमाडौं जस्तो क्षेत्रहरु जहाँ आफ्नै संरचनागत खराबीहरुले गर्दा आगलागीको जोखिम उच्च र नियन्त्रणमा सिमितता छ, त्यस्ता क्षेत्रहरुमा आगलागीका बिषयमा झन् धेरै सचेत र होसियार हुनै पर्छ,’ काठमाडौं महानगरपालिकाका प्रमुख शाहले भनेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ११ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको