काठमाडौं । तत्कालिन नेकपाको ९ सदस्यीय सचिवालयमा रहेका मध्ये पाँच नेचाबीच छलफल भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको छलफलमा समाजवादी केन्द्र निर्माणबारे छलफल भएको छ ।
छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजि श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम सहभागी भएका छन् । यस्तै माओवादीका नेता वर्षमान पुन पनि सहभागी छन् ।
संघ र प्रदेशको निर्वाचनअघि नेकपामा रहेका शक्तिहरुबीच समाजवादी केन्द्र बनाएर कार्यगत एकता गर्नुपर्ने विषयमा नेताहरुबीच छलफल भएको छ ।
माओवादी अध्यक्ष प्रचण्डले आजै डा. बाबुराम भट्टराईसँग पनि छलफल गरेका छन् ।



















प्रतिक्रिया