१ पुस २०८२, मंगलबार | December 16, 2025

श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन, रनिल विक्रमसिंघे नयाँ राष्ट्रपति बन्ने सम्भावना



कोलम्बो । श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन हुँदै छ । बृहद जनप्रदर्शन पछि श्रीलंका छाडेर भागेका यसअघिका राष्ट्रपति गोटाबाया राजापाक्षले सिंगापुर पुगेर राजीनामा पठाएपछि श्रीलंकामा नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो ।

आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर माल्दिभ हुँदै सिंगापुर पुगेका छन् ।

श्रीलंकाबाट प्राप्त पछिल्लो समाचार अनुसार अन्तरिम राष्ट्रपति बनेका रनिल विक्रमसिंघे नै नयाँ राष्ट्रपति बन्ने बढी सम्भावना रहेको त्यहाँ रहेका समाचार एजेन्सीहरुले जनाएका छन् । उनी राजापाक्ष परिवारसँग निकट मानिएका विक्रमसिंघेले संसदमा राष्ट्रपति पदको निर्वाचन अघि उनले श्रीलंकाभर आपतकाल घोषणा गरेका छन् ।

यसअघि राष्ट्रपति पदका दाबेदार विपक्षी नेता सजिथ प्रेमादासाले भारतसँग सहयोगको अपिल गर्दै मंगलबार राष्ट्रपतिको दौडमा आफू नरहेको बताएका थिए । उनले राष्ट्रपतिको निर्वाचन हुनु अघि भारतसँगको सहयोग प्रस्ताव अगाडि सारेका हुन् । ‘चाहे जोसुकै राष्ट्रपति बनोस्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतका सबै राजनीतिक दल र भारतीय जनतासँग मेरो आग्रह छ, कि श्रीलंका र श्रीलंकाका जनताको समस्यालाई पार लगाउन सहयोग जारी रहोस् ।’उनले ट्वीटरमा लेखेका छन् ।

 

 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : १४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज