५ श्रावण २०८३, मंगलबार | July 22, 2026

स्मार्ट शहरका लागि एसपीएका विद्यार्थीले बनाए स्मार्ट होम



धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)का विद्यार्थीहरुले स्मार्ट शहरको आधारभूत संरचनाका रुपमा रहेको स्मार्ट होम(घर) लागि आवश्यक पूर्वाधारहरु विकास गरेका छन् । एसपीएमा बीआईएम छैटौं सेमिस्टरमा अध्ययनरत् विद्यार्थीहरुले ‘स्मार्ट होम’ अवधारणाको विकास गरेका हुन् । जसमा स्मार्ट घरमा हुनुपर्ने आइटीमा आधारित आधारभूत सामाग्रीहरु छन् ।
एसपीएका विद्यार्थीहरु पवन अवस्थी, नमिता जपरेल, सुदीप वली, कमला जोशी र सोनु भण्डारीले उक्त प्रविधिको विकास गरेको एसपीएले जनाएको छ ।

उनीहरुले विकास गरेको प्रविधिअनुसार घरमा भएका सामाग्रीहरु एसी, फ्रिज, ग्यास, टिभी, बत्तीहरु गाडीलगायत बस्तुहरुलाई आफू घर बाहिर भएका बेला पनि कन्ट्रोल गर्न सकिन्छ । यस्तै उनीहरुले बनाएको प्रविधिमा घरमा अपरिचित व्यक्ति वा चोर आएपनि अलार्म(घण्टी) बज्ने सिस्टम समेत राखिएको छ । यस्तै गाडी पार्किङभन्दा दायाबायाँ गयो भने मोबाइलमा जनाउ घन्टी बज्ने गर्छ ।

‘घर सुरक्षित बनाउँन आवश्यक सम्पूर्ण प्रविधिहरु आइटीमा आधारित रहेर हामीले विकास गरेका छौं,’ विधार्थी पवन अवस्थीले भने, ‘आधुनिक स्मार्ट शहरमा हुने स्मार्ट घरघरका लागि हामीले यी प्रविििधको विकास गरेका हौं । हामीले विकास गरेका प्रविधिहरुको प्रयोग गर्दा जो सुँकै घरमालिक पनि ढुक्क भएर बस्न सक्छ ।’

विद्यार्थीले बनाएको प्रविधिअनुसार भान्सामा सेन्सर राख्न मिल्छ । उक्त सेन्सरले ग्यास लिक भएको अवस्थामा मोबाइलमा घण्टी बजाउँछ । जसले गर्दा ठूलो दुर्घटना हुनबाट जोग्न सकिने पवनले बताए ।

स्मार्ट होससँगै उक्त समूहका विद्यार्थीले स्मार्ट ग्लास प्रविधिको विकास पनि गरेका छन् । उक्त स्मार्ट ग्लास दृष्टिविहिन व्यक्तिहरुका लागि वरदान सावित हुने समूहकी अर्की विधार्थी नमिता जपरेलले बताईन् ।

‘यो ग्लास लगाएर हिडडुल गर्दा अगाडि केही बस्तु आएमा वा बाधा आएरमा दृष्टिविहिन व्यक्तिलाई जनाउ घण्टी बज्छ,’ नमिताले भनिन्, ‘यसले गर्दा दृष्टिविहिन व्यक्तिलाई हिडडुल गर्दा सहज हुनुका साथै कुनै दुर्घटना हुन पाउँदैन ।’ सोही समूहका विद्यार्थीहरुले अर्को प्रोजेक्टका रुपमा ‘फाइटर रोबर्ट’ को पनि विकास गरेका छन् । उक्त रोबर्टले अफिस, घर, रेष्टुरेन्टमा काममा सघाउँछ । अफिसमा समान, फाइलहरु बोक्ने, रेष्टुरेन्टमा अर्डर लिने, खाना पुर्याउनेलगायत कामहरु उक्त रोबर्टले गर्ने पवनले बताए ।

‘हामीले दैनिक रुपमा मानविय क्रियाकलापलाई सघाउ पुगोस् भन्ने उदेश्यले यी प्रविधिको विकास गरेका हौं,’ पवनले भने, ‘अहिले हामीले सानो स्केलमा यी प्रविधिहरु बनाएका छौं । यसको ठूलो र विस्तारित रुप बनाउँदै जानेछौं ।’

‘विद्यार्थीहरुले जुन किसिमको प्रविधि विकास गरेका छन् त्यो विकास नभएर आविष्कार हो । छोटो समयमै एसपीएका विद्यार्र्थीहरुले यी प्रविधिको आविष्कार गरेका छन्,’ एसपीएका बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीम पुनले भने, ‘सुचना र व्यवस्थापनलाईसँगै जोडेर सामान्य मानिसका समस्या हल गर्न एसपीएका विधार्थीहरु तत्पर छन् । विद्यार्थीहरुलाई आइटी क्षेत्रबाट समाज र देश परिवर्तन गर्न प्रेरित गर्न हामी दिनरात भनेर काम गरिरहेका छौं ।’

सुदूरपश्चिममा त्रिभुवन विश्वविद्यालयको बीआईएम कार्यक्रम पढाई हुने एसपीए एकमात्रै शैक्षिक संस्था हो । बीआईएम विषय जुनसुकै संकायबाट १२ पासविद्यार्थीहरुले पढ्न पाउँछन् । त्यसका लागि सिम्याट(प्रवेश परीक्षा) परीक्षा दिनुपर्छ । हाल एसपीएमा सीम्याटको तयारी कक्षाहरु भईरहेका छन् । बीएचएम पढ्न चाहने विद्यार्थीले तुरुन्त एसपीएमा सम्पर्क राख्न कार्यक्रम निर्देशक पुनले जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ३ : १४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं