१७ पुस २०८२, बिहिबार | January 1, 2026

व्याज र प्रतिफल योगदानकर्ताको खातामा



काठमाडौं । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०७७/७८ को योगदान रकमबाट प्राप्त व्याजका साथै एक प्रतिशत प्रतिफल रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ ।

कोष सञ्चालक समितिको बैठकले वृद्धावस्था सुरक्षा योजनामा योगदान गर्ने योगदानकर्ताको अघिल्लो आवको योगदान रकमको छ दशमलव७५ प्रतिशत व्याज र थप एक प्रतिशत प्रतिफल थप गर्ने निर्णय गरेको थियो ।

कोषले कोरोना महामारीको समयमा सरकारका तर्फबाट योगदानकर्ताको खातामा जम्मा गर्नुपर्ने योगदान रकमको बाँकी अंशसमेत जम्मा गरिदिएको छ । योगदानकर्ताको खातमा बाँकी १६ प्रतिशत रकम जम्मा गरिएको कोषका निर्देशक कृष्ण अधिकारीले जानकारी दिए ।

सरकारले कोभिडबाट सताइएका योगदानकर्ता र रोजगारदाताका तर्फबाट कोषमा जम्मा गर्नुपर्ने २०७८ वैशाख र जेठ महिनाको योगदान रकम कोषमा जम्मा गरिदिने निर्णय गरेको थियो । दुई महिनाको योगदान रकमको ८४ प्रतिशत रकम यसअघि नै कोषले योगदानकर्ताको खातामा जम्मा गरिदिएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  २ : २४ बजे

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरुले नदी

समानुपातिकको बन्दसूची सच्याउन आयोगद्वारा दलका प्रतिनिधिसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्युपछि सुनसरीको लौकहीबजार तनावग्रस्त

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीबजार क्षेत्रमा तनाव उत्पन्न

दुई वर्षमा बन्नुपर्ने वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन

चितवन । पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा