१६ माघ २०८२, शुक्रबार | January 31, 2026

आइएमई मोटर्सले गर्यो विपद् सामुहिक उद्वार वाहन हस्तान्तरण



काठमाडौ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्धारा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामुहिक उद्वार वाहन हस्तान्तरण गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयूक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा वाहन गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन् । मन्त्री खाँणले अत्याधुनिक उक्त ८ वटा भेहिकल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरेका छन् ।

भेहिकल हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपालको निजी क्षेत्रबाट भइरहेका प्रयासको स्मरण गर्दै विपद्बाट बच्न विपद् हुनुअघि बाटै आवश्यक उपकरणहरु जुटाउन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपमा अध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको पहिलो वाहन रहेको उल्लेख गर्दै मानिसहरूको जीवन बचाउन, ठूला घटनामा उद्धार गर्न, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

नेपाल प्राकृतिक र अन्य विपद्को ठूलो जोखिममा रहेको तथ्य हामी सबैलाई जानकारी नै छ । कठिन भौगोलिक अवस्थाको कारणले गर्दा हाम्रो देश भूकम्प, बाढी र पहिरोको उच्च जोखिममा छ ।

त्यसैगरी भविष्यमा कोभिड जस्ता ठूला महामारीको सम्भावना पनि उत्तिकै छ । त्यस्तै, सडक, हवाई र निर्माण सम्बन्धी ठूला दुर्घटना हुने सम्भावना पनि रहन्छ नै । त्यसैले जनताको जीवन रक्षाका लागि सधैं तयार रहनु अति आवश्यक छ ।

यो अत्याधुनिक भेहिकलमा एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्वार गर्न सकिन्छ । यसमा रहेको उपकरणले यसलाई मिनी अस्पताल नै बनाएको छ ।

यी भेहिकलहरूमा मिनी–अस्पताल प्रकारका उपकरणहरूले सुसज्जित छन । त्यहाँ जीवन बचाउने आधुनिक उपकरणहरू महत्वपूर्ण हेरचाह सुविधाहरू छन । यी ठूला एम्बुलेन्समा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटीभी क्यामेरा छन् ।

यस्ता ठुला दुर्घटना र विपद्को समयमा मास क्यारिङ् भेहिकलको अभावमा वर्षेनी हजारौं व्यक्तिहरु अस्पताल पुर्याउदा पुर्याउदै अनाहकमा ज्यान गुमाउने गरेका छन् । हामीलाई आशा छ यी भेहिकलले यसको न्यूनीकरणमा ठूलो भूमिका निर्वाह गर्नेछ ।

उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गृह सचिव टेकनारायण पाण्डेलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ७ : ११ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी