१७ पुस २०८२, बिहिबार | January 1, 2026

इन्द्रजात्रामा एशियाली मुलुकका राजधानी सहरका प्रमुखलाई निमन्त्रणा गरिने



काठमाडौं । यस वर्षको इन्द्रजात्रा अवलोकनका लागि अन्तर्राष्ट्रिय नगरका प्रमुखहरुलाई निमन्त्रणा गरिने भएको छ ।

साउन १ गतेको छैटौँ कार्यपालिका बैठकको निर्णय कार्यान्वयनका लागि महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा मूल समारोह समिति हुने भएको छ । त्यस समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु सदस्य रहनेछन् ।

महानगरका प्रमुख शाहको अध्यक्षतामा बसेको तयारी बैठकमा कार्यान्वयन समिति गठन गरिएको छ । समितिमा प्रशासन, वित्त र सम्पदा विभाग, हनुमानढोका दरबार संरक्षण कार्यक्रम र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय रहेका छन् ।

यस वर्ष भदौ २४ गते शुक्रबार इन्द्रजात्रा परेको छ । यो जात्रा हेर्न महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकहरु (सार्क राष्ट्र) बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरबाट प्रमुखहरुलाई निमन्त्रणा गर्ने तयारी छ । प्रमुखहरुका साथमा ४ जना अधिकारीहरुलाई निम्ता दिइनेछ ।

महानगरले देशभित्रका ५ वटा र अन्तराष्ट्रिय स्तरका १८ वटा नगरसँग भगिनी सम्बन्ध छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ५१ बजे

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरुले नदी

समानुपातिकको बन्दसूची सच्याउन आयोगद्वारा दलका प्रतिनिधिसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्युपछि सुनसरीको लौकहीबजार तनावग्रस्त

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीबजार क्षेत्रमा तनाव उत्पन्न

दुई वर्षमा बन्नुपर्ने वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन

चितवन । पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा