१ पुस २०८२, मंगलबार | December 16, 2025

आगामी तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशतसम्म पुग्ने राष्ट्र बैंकको सर्वेक्षण



काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणमा सहभागीले आगामी तीन महिना मूल्यवृद्धि हुने अपेक्षा गरेको पाइएको छ । आगामी तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशतसम्म पुग्ने सर्वेक्षणको नतिजाले देखाएको छ ।

‘९४।७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९४.४ प्रतिशत उत्तरदाताले अगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन,’ राष्ट्र बैंकले सर्वेक्षण संक्षिप्त विवरणमा भनेको छ, ‘आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरुको अंश चैत २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश थोरै घटेको छ ।’

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षको नतिजा सार्वजनिक गरेको हो ।

सर्वेक्षण २०७९ असार २० देखि २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणको नतिजा १ हजार १४१ सहरी व्यक्तिहरुको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

‘गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरुमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरुको अंश चैत २०७८ को तुलनामा बढेको छ,’ राष्ट्र बैंकले भनेको छ ।

तरकारी र फलफूल तथा माछा, मासु, दुध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरुमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरुको अंश चैत २०७८ को तुलनामा घटेको छ ।

तीन महिना पछिको मध्य अपेक्षित मूल्यवृद्धिको प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ । एक वर्षपछिको मध्य अपेक्षित मूल्यवृद्धि चैत २०७८ को तुलनामा थोरै घटेको राष्ट्र बैंकले जनाएको छ ।

‘तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमसः १४ प्रतिशत र १३.५ प्रतिशत रहेको छ । उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महशुस गरेका छन् । व्यत्तिहरुले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेका छन्,’ राष्ट्र बैंकले भनेको छ ।

 

 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ४ : २५ बजे

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि