२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सल्यानमा पिकअप जिप भीरबाट खस्दा चालकको मृत्यु, आमा-छोरीसहित तीन घाइते



सल्यान । सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आमा-छोरीसहित तीन जना घाइते भएका छन्।

बुधबार बिहान करिब साढे ५ बजे रुकुम पूर्वबाट राप्ती लोकमार्ग हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ग १ ज ५६६१ नम्बरको पिकअप जिप सडकबाट करिब २ सय ५० मिटर तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानकाका अनुसार दुर्घटनामा जिप चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका-४ अमलाचौर निवासी ३० वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा सिस्ने गाउँपालिका-४ की ३८ वर्षीया ललिता केसी, सिस्ने-२ की २२ वर्षीया सुष्मी रोका र उनकी २ वर्षीया छोरी सफलता केसी घाइते भएका छन्। घाइतेमध्ये ललिताको अवस्था मध्यम रहेको छ भने आमा र छोरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा रिफर गरिएको छ।

दुर्घटनाको क्रममा आमा र छोरी जिपबाट हुत्तिएर सडकमा खसेकाले जोगिएका हुन्। ललिता केसी भने करिब २० मिटर तल भीरमा पुगेकी थिइन्। मृतक चालक जिपसँगै तल खसेका थिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ९ : ४२ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी