२८ माघ २०८२, बुधबार | February 11, 2026

नम्बर प्लेट नभएको मोटरसाइकलमा गाँउपालिकाको पेट्रोल कुपन



भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकाले नम्बर प्लेट नभएको मोटरसाइकललाई १५ लिटर पेट्रोल दिएको पाइएको छ ।

गाउँपालिकाले संगम आयल कम्पनी भैरहवाको नाममा कुपन नम्बर ७४६ बाट लु ६४ प ८६८ लाई १५ लिटर पेट्रोल दिने भनि उल्लेख भए पनि सो पेट्रोल नम्बर प्लेट नै नभएको निजी गाडीले प्रयोग गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिम्लिसिनाले गाउँपालिका कार्यालयबाट जारी गरिएको कुपन वडा नम्बर ५ का वडाध्यक्षलाई दिइएको बताए । व्यवहारिक हिसाबले गाउँपालिकाले तेजनारायण पाललाई निजी गाडीमा प्रयोग गर्नका लागि सो कुपन उपलब्ध गराएको उनले बताए ।

कुपन अनुसारको पेट्रोल ८ गते साझ एक नम्बर प्लेट नभएको प्लसर मोटरसाइकलले हालेको छ । मोटरसाइकल कस्को हो भन्ने स्पष्ट नभएपनि कुपन कै आधारमा पेट्रोल पम्पले पेट्रोल दिएको छ । ‘हामीले कुपनकै आधारमा तेल दिने गरेका छौ जसले कुपन ल्याउछ उसलाई तेल दिन्छौ नम्बर लेखे पनि नम्बर हेर्ने गरेका छैनौ,’ पम्पका प्रतिनिधिले भने ।

तेल हाल्ने मोटरसाइकल चालक भने तेज नारयण पाल होइनन्, प्रशासकीय अधिकृत तिम्लिसिनाले तेल वडाध्यक्षले नै हालेको दाबी गर्छन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : ०६ बजे

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले