११ पुस २०८२, शुक्रबार | December 26, 2025

डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीलाई निर्वाचन आयोगको मान्यता



काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी दर्ता गरेका हुन् ।

जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति गरेका थिए । निर्वाचन आयोगले भट्टराई समूहको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो ।

निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखालाई अद्यावधिक गरेको भट्टराई समूहका नेता विश्वदीप पाण्डेले बताए । यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो ।

जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएको अवस्थामा भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा समावेशी लोकतान्त्रिक पार्टी नामको दल गत ५ फागुनमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।

समावेशी लोकतान्त्रिक पार्टी बाटठ रुपान्तरित भएर बनेको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गर्ने बताइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ६ : ३९ बजे

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’

पशुपतिनाथमा धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा