२९ बैशाख २०८१, शनिबार | May 11, 2024

सामान्यको सरुवामा लाखौं रुपैयाँको चलखेल



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रुचिअनुसार सचिवालय कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक संकलन थालेका छन् । सरुवामा आर्थिक चलखेल हुने रोग भने नयाँ होइन, यो पुरानै परम्परा हो ।

मन्त्रीका सचिवालयले त्यसलाई पच्छ्याउँदै आर्थिक संकलनमा जुटेका हुन् । मन्त्रालयले पछिल्ला केही दिनयता विभिन्न स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दै आइरहेको छ । बुधबार मात्रै ६० भन्दा बढी प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दा मन्त्रालयमा लाखौंको चलखेल भएको स्रोतको दाबी छ ।

अझै ठूलो संख्यामा सरुवा हुनेको सूची बन्नेक्रममा रहेको बताइएको छ । एकपटक भएका दर्जनौं सरुवा संशोधन गर्दै रकम उठाइएको छ । आकर्षक निकायका रूपमा रहेका विभिन्न स्थानीय तहमा जान पैसाको व्यापक मोलमोलाई भइरहेको स्रोतको दाबी छ । मन्त्रालयमा सरुवा माग्नेको भीड थामिनसक्नुछ । ‘सरुवामा भएको चलखेल’’bout मन्त्री श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा उनी बिहीबार रातको ९ः३० बजे ‘पार्टीको मिटिङमा व्यस्त छु’ भन्दै सम्पर्कमा आउन चाहेनन् ।

त्यस्तै, मन्त्रालय प्रवक्ता वसन्त अधिकारी तथा मन्त्रालयकै कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव रघुराम विष्ट पनि सम्पर्कमा आउन चाहेनन् । यसले पनि सरुवामा व्यापक चलखेल भएको र सरुवा अपारदर्शी रूपमा भएको सहजै पुष्टि हुन्छ । सरुवा गर्दा पैसा दिन नसक्ने तथा सोर्सफोर्स नभएकालाई आकर्षक ठाउँमा पठाइएको छैन ।

मन्त्रीको सचिवालयकै कर्मचारीको रुचिअनुसार नभएपछि मन्त्रालयले एकपटक गरिसकेको सरुवामा व्यापक फेरबदल गर्दै सरुवालाई अन्तिम रूप दिएको छ । यसअघि पनि मन्त्री श्रेष्ठको निजी सचिवालयका कर्मचारीमाथि सरुवाका लागि कर्मचारीसँग १५ लाखसम्मको ‘बार्गेनिङ’ गरेको आरोप लागेको थियो । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ७ : ५७ बजे

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

बुटवल । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा

नेवाः सेवा समिति बुटवलको १५ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । श्री नेवा: सेवा समितिको १५ औ वार्षिक साधारण

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवललाई

बुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल

बाँकेबाट मोटरसाईकल चोरीमा संलग्न ४ जना मोटरसाईकल सहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका बिभिन्न स्थानबाट मोटरसाईल चोरी गर्नेहरु मध्य

नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्धारा लुम्बिनी भ्रमण

लुम्बिनी । नेपालका लागि अमेरिकी राजदूत डिन. आर. थम्पसनले बुद्धजन्मस्थल