२७ माघ २०८२, मंगलबार | February 11, 2026

पूर्ण मानवअधिकार समाजवादमा मात्रै हुन्छ : खनाल



काभ्रे । नेकपा (एकीकृत समाजवादी)का सम्मनित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने बताएका छन्। काभ्रेपलाञ्चोकको बनेपामा नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी)को जिल्ला भेलालाई सम्बोधन गर्दै मुलुकमा समाजवाद स्थापनापछि मात्रै पूर्ण मानवअधिकारको प्रत्याभूति हुने बताए ।

“मलुक अहिले पूँजीवादी समाजमा आइपुगेको छ, अब समाजवाद स्थापनापछि मात्रै साँचो अर्थमा पूर्ण मानवअधिकार प्रत्याभूति हुन्छ, यसले नागरिकको नैसर्गिक अधिकारको रक्षा हुन्छ”, उनले भने । उनले नेपाली समाज समाजवादी क्रान्तितर्फ उन्मुख भएको दाबीसमेत गरे ।

नेता खनालले समाजवाद स्थापनापछि मात्रै नेपालीले सुख, शान्ति र समृद्धि प्राप्त गर्ने उल्लेख गर्दै समाजवादी क्रान्तिको रुपान्तरणको चरणपछि नयाँ युग नै समाजवाद भएको जिकिर गरे । “समाजवादी पार्टी समाजको अगुवा क्रान्तिकारी पार्टी हो, यथास्थितिवादीलाई निमिट्यान्न पारी समाजवाद स्थापना गर्नु नै यो पार्टीको उद्देश्य हो”, उनले भने।

यथास्थितिवादी र पूँजीपति वर्गले नागरिकलाई अझै शोषण र दमन गरिरहेकाले नेपालको मानवअधिकार खुम्चन पुगेको नेता खनालको तर्क थियो । उनले भने, “तीनै यथास्थितिवादी, शोषण र दमनको अन्त्य गर्न समाजवादको आवश्यकता परेको हो ।”

कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटाले लोकतन्त्रका लाभहरू सबै समुदाय र वर्गले समानरूपमा पाउनुपर्ने बताउँदै सबै दलले वर्गीय र लैङ्गिक असमानताको विरुद्धमा लाग्ने प्रतिबद्धताको आवश्यकता रहेको बताए । पार्टीका केन्द्रीय सदस्य टोकबहादुर वाइबाले एकीकृत समाजवादी पार्टी स्थापित गर्न सङ्गठन विस्तार अभियानमा लागिएको बताए।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ५ : ५७ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा