२६ माघ २०८२, सोमबार | February 10, 2026

असोजबाट सिद्धबाबा सुरुङमार्गको काम थालिने



काठमाडौँ । सिद्धबाबा सुरुङमार्ग निर्माणको काम असोज महिनाबाट थालिने भएको छ । सुरुङमार्गको लागि जारी डिजाइनको काम सकिए लगत्तै निर्माणको काम थालिने सडक विभागले जनाएको छ । ठेक्का सम्झौता भएपछिको ९ महिना ठेकेदार कम्पनिकै प्राबिधिकबाट डिजाइन तयार गर्ने गरि गत २०७८ माघ महिनामा डिजाइनको काम शुरु भएकोमा भाद्र भित्र सकेर असोजबाट निर्माणको काम शुरु हुने बताइएको छ ।

डिजाइनको काम सकिएपछि असोजबाटै निर्माणको काम अघि बढ्ने विभागका उपमहानिर्देशक एवं प्रवक्ता भिमार्जुन अधिकारीले बताए । अधिकारीले ठेक्का इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा भएको जनाउँदै जस अनुसार डिजाइनको काम निर्माण व्यवसायीले नै प्राविधिकमार्फत गरेर सडक विभागलाई बुझाउनु पर्ने बताए । विभागले डिजाइन स्विकृत गरेपछि मात्र निर्माणको काम अघि बढ्ने प्रवक्ता अधिकारीले जानकारी दिए ।

‘प्रवक्ता अधिकारीका अनुसार बुटवलमा यसको योजना कार्यालय राख्ने र त्यसैले निर्माणको काम हेर्ने छ, । डिजाइनसहित ठेक्काको समयावधि पाँच वर्ष हो । सुरुङसम्बन्धी मापदण्ड बनेकाले त्योअनुसार डिजाइनको काम भएरनभएको हेरेर मात्र निर्माणको काम अघि बढाउन दिइने उनले बताए । सुरुङ निर्माण गरेको ५ वर्षसम्म त्यसको मर्मतसम्भारको काम ठेक्का लिने निर्माण व्यवसायीले नै गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

सुरुङमार्गको ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । नेपालमा यस अघि समयमा काम नगर्ने ठेकेदार कम्पनीकारुपमा बदनामी कमाएको सो कम्पनीलाई सडक विभागले गत फागुनमा सुरुङमार्ग निर्माण गर्न दिनेगरी छनोट गरेको थियो । ठेक्का अनुुसार मुख्य सुरुङको दूरी १.१ किलोमिटर रहनेछ भने ३ सय मिटर आपतकालीन सुरुङमार्ग पनि निर्माण गर्नुपर्नेछ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १० : २७ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी