२१ बैशाख २०८३, सोमबार | May 4, 2026

दबाबमा देउवा



काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सय सिट हात पर्नेगरी गठबन्धनमा आबद्ध दलबीच तालमेलसहित अघि बढ्न सुझाइएको छ ।

‘चुनावी तालमेल गर्दा पार्टीको स्थिति विश्लेषण हुनुपर्छ, आमनेताकार्यकर्ताको भावनाअनुसार हुनुपर्छ, हामीले सभापतिलाई स्पष्ट भनेका छौं, सय सिट माग दाबी कांग्रेसले राख्नुपर्छ,’ एक पदाधिकारीले बैठकमा भएको छलफल’ जानकारी दिँदै राजधानीसँग भने ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले भने ‘पार्टीका नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सिट बाँडफाँट’ निर्णय हुने’ जानकारी गराएका छन् । त्यसक्रममा देउवाले ‘विपक्षी दलको रणनीतिसमेत आधार बनाएर सिट बाँडफाँट निर्णय हुने’ जवाफ दिएका छन् ।

‘पार्टी नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सिट बाँडफाँट निर्णय हुन्छ भन्ने सभापतिको धारणा छ,’ ती नेताले भने, ‘मुख्य कुरा विपक्षी दलको रणनीतिसमेत आधार बनाएर सिट बाँडफाँटको निर्णय हुने सभापतिको दृष्टिकोण देखियो ।’

बैठकमा कांग्रेस सभापति देउवा गठबन्धनभित्रका शक्ति जोगाएर र बढीभन्दा बढी सिट जित्नेगरी सिट बाँडफाँट गर्नेगरी प्रस्तुत भए । कार्यदलको पहिलो बैठक बस्नुअघि नै देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग सिट बाँडफाँट’ धारणा बुझेका हुन् ।

कांग्रेस महामन्त्री गगनकुमार थापाका अनुसार बैठकमा नेताहरूले आ-आफ्ना धारणा सुनाएको र थप छलफल हुँदै जानेछन् । ‘बैठकमा नेताका आफ्ना धारणा आएको छ, थप छलफल हुँदै जान्छ,’ थापाले भने ।

बैठकमा कांग्रेस एक्लै चुनाव लड्दा पनि ८० देखि ८५ सिट जित्ने आँकलन’ प्रधानमन्त्रीसमेत रहेका देउवालाई नेताहरूले पुनः ‘ब्रिफिङ’ गरेका थिए ।

बैठकमा नेता विलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि सत्तारूढ गठबन्धनमा ल्याउनुपर्ने राय राखेका थिए । सो विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक रहँदै आएका छन् ।

आइतबार मात्रै देउवाले लोसपा अध्यक्ष महन्थ ठमाकुरसहितका शीर्षनेतालाई सरकारी निवास बालुवाटार बोलाएर भेट वार्ता गरेका थिए ।

सोक्रममा गठबन्धनमा आबद्ध पाँच दलको निर्णयबाटै ‘लोसपालाई गठबन्धनभित्र जोड्ने’ वचन प्रधानमन्त्री देउवाले लोकपा नेतालाई दिएको बताइएको छ । सो विषयमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि छलफल अघि बढाउने देउवाले लोसपाका नेतालाई भनेका छन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले आगामी ४ मंसिरमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा ‘एकै दिन एकै चरण’मा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

मिति घोषणा भएको भोलिपल्टै शुक्रबार बसेको पाँच दलीय बैठकले ‘गठबन्धनभित्र सिट बाँडफाँट’का लागि ११ सदस्यीय कार्यदलसमेत बनाएको थियो । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : २० बजे

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन