११ पुस २०८२, शुक्रबार | December 26, 2025

आयो मंसिर ४ गतेको निर्वाचन कार्यक्रम, कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारी दर्ता



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ । आयोगले स्वीकृत तालीका अनुसार दसैं को टीका लगत्तै कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले आन्तरिक तयारीका क्रममा सोमबार स्वीकृत गरेको निर्वाचन कार्य तालिका अनुसार असोज २३ गते आइतबार अर्थात काजाग्रत पूर्णिमाका दिन प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुनेछ ।

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दसैंपछि हुने व्यवस्था गरेको आयोगले समानुपातिक तर्फको बन्दसूची भने दसैंअघि नै पेश गर्नुपर्ने गरि कार्यतालिका स्वीकृत गरेको छ । आन्तरिक तालिका अनुसार असोज २ र ३ गते दलहरुले समानुपातिकतर्फको बन्दसूची पेस गर्नुपर्ने छ ।

आयोगले आम निर्वाचनका लागि दशैंमा समेत आफ्नो तयारीलाई निरन्तरता दिने गरि तयारी थालेको जनाएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको भदौ २५ देखि निर्वाचन प्रक्रिया शुरु हुने गरि कार्यक्रम बनाईएको आयोगले जनाएको छ । स्वीकृत कार्यक्रम अनुसार घटस्थापनाको भोलिपल्ट, अर्थात् असोज ११ गते निर्वाचन अधिकृतहरु नियुक्ति हुनेछन् । टीकाको दुई दिनपछि असोज २१ गते (द्वादशीका दिन) निर्वाचन कार्यालय स्थापना गरिने कार्यतालिकामा उल्लेख छ ।

सोमबार स्वीकृत आन्तरिक तालिका यस्तो छ :

प्रत्यक्षतर्फ :

भदौ २५– निर्वाचन कार्यक्रम आरम्भ

असोज ११– निर्वाचन अधिकृतहरुको नियुक्ति

असोज २१–निर्वाचन कार्यालय स्थापना

असोज २३– उम्मेदवारी दर्ता

असोज २८ देखि कात्तिक २५ गतेसम्म– मतपत्र छपाइ

कात्तिक २७– मतपत्र ढुवानी

मंसिर १ – प्रचार प्रसार बन्द, मौनअवधि शुरु

मंसिर ४– बिहान ७ गतेदेखि साँझ ५ बजेसम्म मतदान

समानुपातिकतर्फ :

भदौ १– निर्वाचन कार्यक्रम सञ्चालन

भदौ २०– मतपत्र छपाइ सुरु

असोज २ र ३– बन्दसूची पेस गर्ने

कात्तिक २७– मतपत्र ढुवानी

मंसिर १– प्रचार प्रसारमा बन्द, मौनअवधि शुरु

मंसिर ४– बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान।

 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ५१ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’