१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

वन अधिकृतदेखि खरिदार-सुब्बा धमाधम कारबाहीमा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय सरकारी कार्यालयका अधिकृतदेखि नासु र खरिदार तथा उपभोक्ता समितिका पदाधिकारीलाई भ्रष्टाचार मुद्दा चलाउन थालेको छ ।

पछिल्लो केही समयको तथ्यांक हेर्दा धेरैजसो खरिदारदेखि अधिकृतसम्मलाई भ्रष्टाचार मुद्दा चलाइएको पाइएको छ । अख्तियारले पछिल्लो समय आप्mनो सक्रिया भने ह्वात्तै बढाएको छ । अख्तियारले मंगलबारमात्रै विभिन्न क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध पाँचवटा मुद्दा दायर गरेको छ ।

आयोगले खरिदार, नासु, उपभोक्ता समितिका अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसअघि गत आइतबारमात्रै आयोगले एकैदिन १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । ती मुद्दामा वन अधिकृत र सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।

मुगुमा वन अधिकृतविरुद्ध मुद्दा

अख्तियारले पर्यटकीय मार्ग निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मंगलबार डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरतबहादुर बुढाथापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले मुद्दा दायर गरेकामा डिभिजन वन कार्यालय मुगुका सबइन्जिनियर हिमालकुमार मल्ल, सबइन्जिनियर गोरसिंह बढुवाल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रबहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढा रहेका छन् ।

मुगुको छायानाथ रारा नगरपालिका–१४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्ने क्रममा उनीहरूले रकम हिनामिना गरेको भेटिएपछि विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग २० लाख ४८ हजार ४ सय ३ रुपैयाँ बिगो दाबी गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए

दलित वर्ग उत्थान कार्यक्रमको २ लाख ३४ हजार अनियमितता

त्यस्तै, आयोगले जिल्ला विकास समितिको कार्यालय कालिकोटका तत्कालीन खरिदार राजबहादुर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिअन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दैै अख्तियारले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७०-७१ मा सञ्चालन भएका उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिअन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि उनीमाथि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा बमले झुटा बिल बनाई रकम हिनामिना गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा उनीसँग २ लाख ३४ हजार ११ रुपैयाँ बिगो दाबी गरिएको छ ।

अख्तियारले आइतबार नै जिल्ला कृषि विकास कार्यालय कालिकोटका प्रास रत्नप्रसाद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कालिकोटले सञ्चालन गरेको कृषि तालिम कार्यक्रमको उनले ३ लाख ८८ हजार ७ सय ५० रुपैयाँ हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७०-७१ मा जिल्ला कृषि विकास कार्यालय कालिकोटले सञ्चालन गरेको कृषि तालिम कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि अख्तियारले पाण्डेमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उक्त कार्यक्रममा पाण्डेले झुटा बिल बनाई स्रेस्तामा समावेश गरी भुक्तानी लिने कार्य गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।

कालिकोट प्रशोधन भवन निर्माणमा अनियमितता

आयोगले कालिकोटको मान्म–८ ताडीस्थित अल्लो भाँगो प्रशोधन केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दप्रसाद पाण्डेसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७०-७१ मा सुरु भएको अल्लो भाँगो प्रशोधन केन्द्रको भवन निर्माण कार्यमा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

भवन निर्माण कार्यमा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेकामा अल्लो भाँगो प्रशोधन केन्द्र कालिकोटको भवन निर्माण उपभोक्ता समिति र सोका जिम्मेवार पदाधिकारी सचिव नरेन्द्रप्रसाद पाण्डे र कोषाध्यक्ष विनिता राना (पाण्डे) छन् ।

अनुसन्धान हुँदा भवन निर्माण कार्यमा झुटा बिल बनाई २ लाख ५१ हजार ५ सय २९ रुपैयाँ हिनामिना भएको ठहर अख्तियारले गरेको छ ।
आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : १७ बजे

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा