५ श्रावण २०८३, मंगलबार | July 22, 2026

खोला मिचेर प्लटिङ र घर, बर्सेनि बाढीको बबन्डर



काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित मनोहरा फाँटमा अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ । बर्खायाम सुरु भएपछि सामान्य डुबानमा परिरहेको मनोहरा फाँटसहित आसपासका बस्ती मङ्गलबार रातिदेखि भएको भीषण वर्षाका कारण जलमग्न भए ।

मनोहरा मात्र होइन, काठमाडौँ उपत्यकाका मुख्य नदी र खोलाको नै अवस्था उही हो। कागेश्वरी मनोहरासँगै गोकर्णेश्वर नगरपालिकामा पनि डुबान र पहिरोको प्रताडनामा स्थानीयवासी परेका छन् । भौतिक संरचनासँगै स्थानीयवासीले लगाएको तरकारी र धान बालीमा पनि बाढीले क्षति पु(याएको छ ।

कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीका अनुसार वडा नं. १, २, ३ र ५ मा बाढीले क्षति पु(याएको छ । उनले मनोहरा खोलामा आएको बाढीका कारण पाँचवटा घरटहरा र तीनवटा साना उद्योग बगाएको बताए । उनले भने, “फोहोरमैला व्यवस्थापन गर्ने पाँचवटा गाडी, प्रहरी चौकीको भौतिक संरचनामा क्षति पुगेको छ भने खोला आसपासका कैयौँ पर्खाल बाढीले बगाएको छ । अधिकांश संरचना खोला मिचेर बनाएकै कारण बगेका हुन् ।”

कागेश्वरी मनोहरामा बागमती नदीसँगै मनोहरा र महादेव खोलाले किनार क्षेत्र र फाँटमा बनाइएका बस्तीमा क्षति पु(याएको छ। मनोहराका स्थानीय रामजी खड्काले खोलाको बगरमा प्लटिङ गरेका कारण उपल्लो क्षेत्रमा खोला सोझिएको बताए । उनले भने, “मनोहरा खोलाको फाँटमा बाली लगाइन्छ। अहिले पनि धेरै बासिन्दाले धान रोप्नुभएको छ तर १० वर्षयता भूमाफियाले धमाधम प्लटिङ गरेका कारण खोला फाँटभन्दा वरपरका बस्तीमा पुग्न थालेको हो ।”

२०४० सालदेखि कागेश्वरी मनोहरा-६ मा बस्दै आएका खड्काले केही वर्षयता मात्रै बाढीले भीषण रूप लिन थालेको बताए । उनले उक्त क्षेत्रमा गरिएको प्लटिङ बगाएर त्यसमाथि खोला कुद्न थालेको बताए । उनले भने, “खोलाले धार फेरेर प्लटिङ बगायो, त्यसमाथि बालुवा भरियो, बगर नजिकका अरू प्लटिङका कारण फेरि बाढीको समस्या सुरु भयो ।” आजको गोरखापत्र दैनिकमा अशोक अधिकारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ७ : ०४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं