४ पुस २०८२, शुक्रबार | December 20, 2025

राजापाक्षे दाजुभाइमाथि लगाइएको प्रतिबन्ध थप लम्बाइयो



कोलम्बो । श्रीलंकाको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्वअर्थमन्त्री बसिल राजापाक्षेमाथि लगाइएको यात्रा प्रतिबन्धलाई सेप्टेम्बर ५ सम्म लम्ब्याएको छ ।

श्रीलंकाको सर्वोच्च अदालतले यसअघि उनीहरूलाई अगस्ट ११ सम्म अदालतको अनुमतिबिना देश छाड्न नदिने अन्तरिम आदेश जारी गरेको थियो ।

महिन्दा राजापाक्षे, बसिल राजापाक्षे र श्रीलंकाको केन्द्रीय बैंकका पूर्वगभर्नर अजित निभार्ड काब्राललाई विदेश यात्रा प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिइएको थियो ।

श्रीलंकाको आर्थिक संकटका लागि जिम्मेवार व्यक्तिविरुद्ध छानबिन गर्न माग गरिएको छ । सिलोन चेम्बर अफ कमर्स (सीसीसी)का पूर्वअध्यक्ष चन्द्र जयरत्ने, श्रीलंकाका पूर्व स्विमिङ च्याम्पियन जुलियन बोलिङ, जेहान कनागररत्न र ट्रान्सपरेन्सी इन्टरनेसनल श्रीलंका (टीआईएसएल) लगायतका समूहले निवेदन दिएका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ८ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको