११ पुस २०८२, शुक्रबार | December 26, 2025

एमालेले बनायो अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी



काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको हो । कमिटीमा

उक्त कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी रहनेछन्। यसैगरी जनसंगठनका अध्यक्ष र महासचिव सहित केन्द्रीय विभागका सचिव पनि सो कमिटीमा रहने उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

बैठकले ६ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ । मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन् ।

यस्तै बैठकले आगामी भदौ ७ गते स्थायी कमिटी र ९ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको पनि गुरुङले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ५ : ४० बजे

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’

पशुपतिनाथमा धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा