२६ माघ २०८२, सोमबार | February 9, 2026

एमालेले बनायो अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी



काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको हो । कमिटीमा

उक्त कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी रहनेछन्। यसैगरी जनसंगठनका अध्यक्ष र महासचिव सहित केन्द्रीय विभागका सचिव पनि सो कमिटीमा रहने उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

बैठकले ६ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ । मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन् ।

यस्तै बैठकले आगामी भदौ ७ गते स्थायी कमिटी र ९ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको पनि गुरुङले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ५ : ४० बजे

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य