१७ श्रावण २०८३, आइतबार | August 2, 2026

एमालेको सचिवालय बैठक बस्दै, प्रत्यक्ष उम्मेदवार टुंग्याउँदै



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुंगो लगाउन नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन दर्ता हुने कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागेको हो । यसका लागि पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी तथा प्रदेश कमिटीहरूले यसअघि नै सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरिसकेका छन् । हालसम्म प्राप्त सिफारिसअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा आएको बताइएको छ ।

एमालेले अहिलेसम्म कुनै पनि राजनीतिक दलसँग औपचारिक रूपमा चुनावी गठबन्धन गर्ने निर्णय नगरेकाले सबै निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्न ‘सूर्य’ बाट उम्मेदवार उठाउने तयारी गरेको छ । पार्टीले संगठनात्मक तयारी र चुनावी रणनीतिलाई ध्यानमा राख्दै एकल रूपमा चुनावी मैदानमा उत्रिने संकेत दिएको छ ।

दुर्गम तथा भौगोलिक रूपमा टाढाका निर्वाचन क्षेत्रहरूमा उम्मेदवारहरूलाई मनोनयनका लागि समयमै पुग्नुपर्ने भएकाले पनि सचिवालय बैठकबाट भोलि नै उम्मेदवारहरूको नाम टुंग्याउने तयारी गरिएको शाहीले बताए ।

यसअघि सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले प्रत्यक्षतर्फका उम्मेदवार चयनको अन्तिम अधिकार केन्द्रीय सचिवालयलाई दिएको थियो । आजको बैठकलाई निर्वाचन तयारीका हिसाबले महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ९ : २८ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा