२६ माघ २०८२, सोमबार | February 9, 2026

सिमानाका कडाई गर्न माग गर्दै भन्सारमा व्यवसायीको डेलिगेसन



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सिमानाका कडाई गर्न माग गर्दै भैरहवा भन्सार कार्यालयमा डेलिगेसन गएको छ । एकातिर खुला सिमानाका र अर्कोतिर भन्सारमा खुकुलो नीति लिईदा सिमावर्ती नेपाली व्यवसायी मारमा परेको भन्दै भन्सारमा हुने चेकजाँचलाई कडाई गर्न माग गरिएको हो ।

भन्सारको खुकुलो नीतिका कारण विशेष गरेर कपडा र कस्मेटिक व्यवसायी मारमा परेको उद्योग बाणिज्य संघले जनाएको छ । यसले एकातिर व्यवासयीको व्यवासाय धरापमा परेको भने अर्कोतिर सरकारको राजश्वमा पनि प्रभाव पारेको भन्दै पुँजी समेत पलायन भईरहेको संघको ठहर छ । फितलो भन्सार चेकजाँचले समग्रमा मुलुकको अर्थतन्त्रमा प्रभाव पारिरहेको डेलिगेसनको नेतृत्व गरेर भन्सार पुगेका बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।

भैरहवा भन्सार कार्यालयमा गएको डेलिगेसमा संघका अध्यक्ष कसजू, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ तथा कपडा बस्तुगत समितिका सभापति अनिल चुके, कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिका सभापति अलिम दिन, सचिव सन्तोष नेपाल सहित सदस्य व्यवसायीहरु सहभागि थिए ।

त्यस अवसरमा व्यवसायीहरुले कोडिभ महामारीको समयमा सिमानाका कडाई हुँदा सिमावर्ती नेपाली बजार फष्टाएको स्मरण गराउँदै नेपाली व्यवसायीलाई प्रवद्र्धन गर्न र बचाउनको लागि सिमानाकामा सधै कडाई गर्न आग्रह गरे । नेपाली उपभोक्ताकै कारण सिमा पारी सुनौलीको बजार गुल्जार भईरहेको र सिमानाकामा कडाई गर्ने हो भने नेपाली उपभोक्ता नेपालमै किनमेल गर्ने वातावरण बन्ने भएकाले त्यसलाई गम्भिरतापूर्वक लिन भन्सार कार्यालयका प्रमुखलाई उनीहरुले आग्रह गरे ।

जवाफमा भैरहवा भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले सिमानाकामा चेकजाँच तथा अप्रेसन भईरहेको र व्यवसायीहरुले ध्यानाकर्षण गराएका विषयमा चेकजाँच तथा अप्रेसनलाई अझै कडाई गरिने आश्वासन दिए । त्यसै अवसरमा संघको सो टोलीले ससस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेड क्वाटर रुपन्देहीमा पनि त्यस विषयमा जानकारी गराएको छ । टोलीले बेलहीया स्थित ससस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेड क्वाटर रुपन्देही गएर प्रमुख एसपी गगन श्रेष्ठलाई खुला सिमा नाकामा हुने चेकजाँचलाई कडाई गर्न आग्रह गरेको हो । एसपी श्रेष्ठले त्यस विषयमा आफ्नो ध्यानाकर्षण भएको र चेकजाँचलाई अझै कडाई गरिने बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १० : ४० बजे

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य