८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवलमा निकालियो सामुहिक गाईजात्रा (सापारु), यस्तो छ गाईजात्राको महत्व



बुटवल । आफ्ना १२ जना सदस्यहरुको मृत्यु भएको स्मरणमा नेवाः सेवा समिति बुटवलले गाईजात्रा (सापारु) लिकालिएको छ । यस वर्ष बितेका समितिका १२ जना सदस्यहरुको स्मरणमा समितिको अगुवाईमा गाईजात्रा निकालिएको छ ।

बुटवल ११ को गलामीपथबाट शुरु भएको सापारु देबीनगर, तिनकुने, जेसीज चौक, पारि बुटवल हुँदै गणेश मन्दिर पुगेर सम्पन्न भएको थियो । समितिका सदस्यहरु झककुमारी श्रेष्ठ, पार्वती श्रेष्ठ, रबिन्द्रलाल श्रेष्ठ, सुर्यकुमारी श्रेष्ठ, धर्मकुमारी श्रेष्ठ, लालबहादुर कर्माचार्य, चन्चली श्रेष्ठ, रम्भादेबी शैजु, तिलाकुमारी श्रेष्ठ, गंगादेबी श्रेष्ठ, बिमला श्रेष्ठ र बिश्व श्रेष्ठको स्मरणमा सापारु निकालिएको समितिका अध्यक्ष चिरन्जिबी श्रेष्ठले बताए ।

सामुहिक रुपमा चाडपर्व मनाउने परम्पराका थालनीले यस क्षेत्रका नेवार समुदायबिचमा एकता ल्याउने र आर्थिक रुपमा समेत मितब्यायी बनाएको उनले बताए । गाईजात्राका दिन नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी भजनकीर्तनका साथ नगर परिक्रम गर्दै देवालय पुग्ने र फर्किएर घरमा आई विर्सजन गर्ने परम्परा छ ।

यसरी नगरपरिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । सास्कृतिक रुपमा धनी मानिने नेवार समुदायमा वर्षभरि नै धेरै चाडपर्वहरु रहेको छ । गाईजात्रालाई सापारु भनेर पनि मनाउने गरिन्छ । नेवारहरूको मौलिक पर्वको रुपमा रहेको र विशेष महत्व हुने हुदा यसको संरक्षणका लागी आफुहरुले संस्थागत रुपमा काम गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।

नगर परिक्रममा गरेका बासा, आफन्तहरुलाई समुहगत रुपमा ठाउँठाउँमा प्रसाद, चिसो पेय वितरण वितरण गरिएको थियो । दिवङ्गत भएका आफन्तको सम्झनामा निकालिने गाईजात्रामा सहभागी बासा, जोगीसहितलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहेको छ ।

नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको बताईन्छ । यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अझै पनि जारी छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ४ : २३ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको