१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

सभामुख घिमिरेले दिए गाईजात्रा पर्वको शुभकामना



काठमाडौं । सभामुख देवराज घिमिरेले गाईजात्रा पर्वले सबैलाई नेपालको अमूल्य परम्परा जगेर्ना गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा गाईजात्रा पर्वका अवसरमा विविधतामा एकता सुदृढ पार्न र शान्ति, करुणा तथा सांस्कृतिक गौरवमा आधारित समाज निर्माण गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका हुन् ।

“सामाजिक सद्भाव यसको अर्को महत्त्वपूर्ण पक्ष हो, गाईजात्राले जात, धर्म, वर्ग र पृष्ठभूमिको भेदभावलाई ओझेलमा पार्दै सबैलाई एउटै उत्सवको घेरामा ल्याउँछ”, शुभकामना सन्देशमा भनिएको छ, “यसमा हाँसो र व्यङ्ग्यको प्रयोग केवल मनोरञ्जनका लागि मात्र होइन, समाजका विकृति र विसङ्गतिहरूलाई सौम्य रूपमा औँल्याउने माध्यम पनि हो ।”

गाईजात्रा पर्व पावन अवसरमा देशभित्र र विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना प्रकट गर्दछु । नेपालको सांस्कृतिक पात्रोमा विशेष स्थान ओगट्ने यस पर्वले समाजमा आपसी मेलमिलाप, सद्भाव र एकता कायम गर्ने सन्देश दिएको छ ।

“काठमाडौं, ललितपुर, भक्तपुरलगायतका सहरहरूमा यस दिन सडकहरू रङ्गीन झाँकी, सजाइएका रथ, घिन्ताङ घिसीजस्ता परम्परागत नृत्य तथा सामाजिक र राजनीतिक टिप्पणीयुक्त हास्यव्यङ्ग्यले भरिपूर्ण हुन्छन्”, सन्देशमा भनिएको छ, “यस्ता सांस्कृतिक अभिव्यक्तिहरूले शोकग्रस्त परिवारलाई सान्त्वना दिनेमात्र नभई हाम्रो समाजमा स्वतन्त्र सोच र सांस्कृतिक सृजनशीलताको महत्त्वलाई पनि उजागर गरेको छ ।“

ऐतिहासिक दृष्टिले गाईजात्राको परम्परा १७औँ शताब्दीमा राजा प्रताप मल्लको शासनकालमा सुरु भएको हो । आफ्ना पुत्रको असामयिक निधनले दुःखी भएकी रानीलाई सान्त्वना दिने र आफ्ना प्रियजन गुमाएका परिवारलाई सामूहिक रूपमा सम्झने अवसर दिने उद्देश्यले राजाले यो परम्परा प्रारम्भ गरेका थिए । समयक्रममा यस पर्वले विगत वर्षभित्र दिवङ्गत भएका आफ्ना प्रियजनहरूको स्मरण गर्ने र जीवनलाई हास्य, सङ्गीत र मेलमिलापसहित आत्मसात् गर्ने अवसरको रूप लिएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ३२ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको