२५ माघ २०८२, आइतबार | February 9, 2026

माओवादी र नेसपाबाहेक अन्य १० दल पनि एकल चिन्हमा चुनाव लड्ने



काठमाडौं । संघीय संसद तथा प्रदेश संसदको निर्वाचनका लागि १२ वटा राजनीतिक दलले एकल चुनाव चिन्ह लिएर निर्वाचन लडने भएका छन ।

निर्वाचन आयोगमा दल दर्ता गराएका १२ वटा राजनीतिक दलले संघीय संसद र प्रदेश संसदको निर्वाचनमा एकल चुनाव चिन्हमा निर्वाचन लडने भएका हुन । निर्वाचन ४ मंसिरमा हुँदैछ ।

निर्वाचन आयोगका अनुुसार एकल चुनाव चिन्हमा निर्वाचन लडनेमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सबैभन्दा ठूला दलहुन् । यीबाहेक अन्य १० दलले पनि एकल चुनाव चिन्हमा लड्ने भएका छन् ।

यसैगरी, मिननाथ देवकोटा नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी राष्ट्रवादी, युवराज पौडेल सफल नेतृत्वको समाजवादी केन्द्र नेपाल र कृष्णगोपाल बञ्जरा नेतृत्वको आधुनिक नेपाल समाजवादी पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लडने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

उता, चरिराज गहतराज नेतृत्वको सामाजिक एकता पार्टी, राजु कार्की नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) र मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लडने भएका छन ।

पुर्व प्रहरी अधिकृत रमेश खरेल नेतृत्वको सुशाषन पार्टी, पुण्यप्रसाद प्रसाई नेतृत्वको सचेत नेपाली पार्टी, गंगालाल श्रेष्ठ नेतृत्वको नेपाल नौलो जनवाद पार्टी र रोमलाल गिरी नेतृत्वको नेपाल आमा पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लडने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले जानकारी दिएका छन ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ९ : ०७ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय