२ पुस २०८२, बुधबार | December 17, 2025

बुटवलमा उद्योगीहरुले आफै खोले रोजगार केन्द्र



बुटवल । राज्यले दक्ष जनशक्तिलाई नेपालमै रोजगार दिएर रोक्ने रणनीति बनाउन असफल भएपछि रुपन्देहीका उद्योगीहरुले आफ्नो उद्योगका लागि जनशक्ति आपुर्ति गर्न आफै रोजगार केन्द्र खोलेका छन् । रुपन्देही उद्योग संघले स्थापना गरेको रोजगार सूचना केन्द्रको विहिवार एक कार्यक्रमकावीच शुभारम्भ गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापित केन्द्रको लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले रिवन काटी कम्प्यूटरमा वेभ साइट क्लिक गरेर उद्घाटन गरे ।

सो अवसरमा संघका अध्यक्ष माधव प्रसाद पौडेलले स्वागत गर्दै देशको श्रम शक्तिको समुचित परिचालनको व्यवस्थापन गर्नका लागि रुपन्देही उद्योग संघले पुलको रुपमा कामको सुरुवात गरेको बताए । उनले रोजगार केन्द्रबाट शिपयुक्त जनशक्तिको तथ्यांक संकलनका साथै उद्योगीहरुको आवश्यकता पहिचान गरी व्यवस्थापन गर्ने भूमिका निवाह गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष पौडेलले जनशक्तिहरु केन्द्रमा सूचिकृत गर्ने र आवश्यकता अनुसार परिचालन गर्दै शिपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य राखेको जानकारी पनि दिए ।

कार्यक्रमलाई समबोधन गर्दै लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले दक्ष र शिक्षित जनशक्ति युरोप, अस्ट्रेलिया, कोरिया र जापानमा जाने गरेको र अर्धदक्षहरु खाडी मुलुक जाने गरेको बताए । उनले सरकारले गर्नुपर्ने काम नीजी क्षेत्रबाट भएको उल्लेख गर्दै प्रदेश सरकारले उद्योगसंघबाट सिकेर नयाँ योजना बनाउने बताए । उनले स्वदेशमा रोजगारी सिर्जना गर्दै दक्ष जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्ने वातावरण बनाउन सरकारको नीति रहेको बताए । नीजी क्षेत्रसँगको सहकार्य र सहयोगमा उद्योगको विकासका कार्यक्रमलाई अगाडी बढाएको उल्लेख गर्दै उनले उद्योग संघले सञ्चालनमा ल्याएको रोजगार सूचना केन्द्रले श्रम शक्तिलाई आवश्यकता अनुसार काममा लगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले श्रम शक्तिको सम्मान र उनीहरुको उचित परिचालनका गर्दै स्थानीय तहमा रोजगारीको सिर्जना गर्ने कुरामा ध्यान दिन आग्रह गरिन् । उनले बुटवल उपमहानगरपालिकाले रुपन्देही उद्योग संघसँग सधै सहकार्य गरेर उद्योगी व्यवसायीहरुका समस्याहरुका विषयमा आपसी समझदारीका रुपमा काम गर्ने प्रतिवद्धता पनी व्यक्त गरिन् ।

संघमा स्थापना गरिएको रोजगार सूचना केन्द्रले अनलाइन सफ्टवेयर मार्पmत आफ्नो योग्यता अनुसार बायोडाटा इन्ट्री गर्न सकिने र रोजगारदाताले आफुलाई उपयुक्त श्रमशक्ति अनलाइन मार्पmत नै छनौट गर्न सकिने व्यवस्था रहेको तथा संघको सचिवालयमा सम्पर्क गरी सुविधा लिन सकिने व्यवस्था रहेको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ७ : ४६ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११