२४ माघ २०८२, शनिबार | February 7, 2026

प्रदेश सरकारले राष्ट्रिय खेलकुदको महत्व बुझेन : खेलकुद मन्त्री गहतराज



बुटवल । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिव्र भइरहँदा प्रदेश सरकारहरुले त्यसको तयारी नगरेको आरोप लगाएका छन् । शनिबार बुटवलमा खबरकुरा टिमसँग कुरा गर्दै मन्त्री गहतराजले राष्ट्रिय खेलकुदको तयारी तिब्ररुपमा चलेपनि कतिपय जिल्लाहरुमा बजेट अभावमा तयारी सुस्त बनेको बताए ।

उनले खेलकुदलाई महत्व नदिएर बजेट बिनियोजन नगरिदिएका कारण जिल्लाहरुमा प्रतियोगिताको तयारी फितलो भएको बताए । कर्णाली र बागमतीमा प्रदेश सरकारले खेलकुदलाई विशेष महत्व दिएपनि अन्य प्रदेशमा कम महत्व दिइएको मन्त्री गहतराजको आरोप छ । नवों खुलकुदका लागि मधेश प्रदेश र लुम्बिनीमा सबैभन्दा समस्या देखिएको उनले जनाए ।

प्रतियोगिता संचालन गर्न गण्डकी प्रदेशमा संरचना तयार अन्तिम चरणमा पुग्दै गरेको बताउँदै उनले पूर्वाधारको अभावका कारण स्विमिङ र सुटिङ भने राजधानी काठमाडौंमा संचालन हुने जानकारी दिए । मन्त्री गहतराजले ती खेलहरुका लागि पूर्वाधार निर्माण गर्न मात्र ३४ लाख आवश्यक पर्ने उल्लेख गर्दै बजेट र समय अभावका कारण काठमाडौं मै संचालन गर्नु पर्ने भएको बताए ।

खेलकुदमा आफ्नो प्रदेशको अवस्था प्रदर्शन गर्ने एउटा अवसरका रुपमा रहेको राष्ट्रिय खेलकुदलाई महत्वमा राखेर सहयोग गरिदिन उनले सबैलाई आग्रह गरे ।

लुम्बिनी प्रदेशमा प्रदेश सरकारले पर्याप्त बजेट बिनियोजन नगरिदिएकै कारण जिल्ला स्तरिय तयारीहरु चन्दा उठाएर संचालन भइरहेका छन् ।

उनले ३६ वटा खेलहरुका लागि ७ प्रदेश, ३ विभागिय टिम र एनआरएन गरि ११ वटा टिम सहभागी हुने जानकारी दिए ।

 

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ५ : ४० बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको