६ पुस २०८२, आइतबार | December 22, 2025

प्रदेश सरकारले राष्ट्रिय खेलकुदको महत्व बुझेन : खेलकुद मन्त्री गहतराज



बुटवल । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिव्र भइरहँदा प्रदेश सरकारहरुले त्यसको तयारी नगरेको आरोप लगाएका छन् । शनिबार बुटवलमा खबरकुरा टिमसँग कुरा गर्दै मन्त्री गहतराजले राष्ट्रिय खेलकुदको तयारी तिब्ररुपमा चलेपनि कतिपय जिल्लाहरुमा बजेट अभावमा तयारी सुस्त बनेको बताए ।

उनले खेलकुदलाई महत्व नदिएर बजेट बिनियोजन नगरिदिएका कारण जिल्लाहरुमा प्रतियोगिताको तयारी फितलो भएको बताए । कर्णाली र बागमतीमा प्रदेश सरकारले खेलकुदलाई विशेष महत्व दिएपनि अन्य प्रदेशमा कम महत्व दिइएको मन्त्री गहतराजको आरोप छ । नवों खुलकुदका लागि मधेश प्रदेश र लुम्बिनीमा सबैभन्दा समस्या देखिएको उनले जनाए ।

प्रतियोगिता संचालन गर्न गण्डकी प्रदेशमा संरचना तयार अन्तिम चरणमा पुग्दै गरेको बताउँदै उनले पूर्वाधारको अभावका कारण स्विमिङ र सुटिङ भने राजधानी काठमाडौंमा संचालन हुने जानकारी दिए । मन्त्री गहतराजले ती खेलहरुका लागि पूर्वाधार निर्माण गर्न मात्र ३४ लाख आवश्यक पर्ने उल्लेख गर्दै बजेट र समय अभावका कारण काठमाडौं मै संचालन गर्नु पर्ने भएको बताए ।

खेलकुदमा आफ्नो प्रदेशको अवस्था प्रदर्शन गर्ने एउटा अवसरका रुपमा रहेको राष्ट्रिय खेलकुदलाई महत्वमा राखेर सहयोग गरिदिन उनले सबैलाई आग्रह गरे ।

लुम्बिनी प्रदेशमा प्रदेश सरकारले पर्याप्त बजेट बिनियोजन नगरिदिएकै कारण जिल्ला स्तरिय तयारीहरु चन्दा उठाएर संचालन भइरहेका छन् ।

उनले ३६ वटा खेलहरुका लागि ७ प्रदेश, ३ विभागिय टिम र एनआरएन गरि ११ वटा टिम सहभागी हुने जानकारी दिए ।

 

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ५ : ४० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको