५ श्रावण २०८३, मंगलबार | July 22, 2026

थारु समुदायमा अटवारी पर्वको रमझम



धनगढी । तराई क्षेत्रमा बसोवास गर्ने चौधरी–डगौरा समुदायले आज ‘अटवारी’ पर्व मनाइ रहेका छन् ।

आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रुपमा लिइने ‘अटवारी’ पर्व खास गरी सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरसहित दाङ, बाँके र बर्दियामा बसोवास गर्ने चौधरी डगौरा समुदाय निकै उत्साहपूर्वक मनाइन्छ ।

यो समुदायमा आइतबारलाई ‘अटवार’ ले चिनिन्छ । यसकारणा आज ९आइतबार० यो पर्व प्रारम्भ हुन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी पछिको पहिलो आइतबार प्रारम्भ हुने यो पर्वमा नाचगान एवं सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ ।

वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका मानिस अटवारी पर्वपछि भने कामको बोझ हटेर फुर्सद हुने र यही फुर्सदलाई सदुपयोग गर्दै टोलटोलमा सँस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्छन् ।

अटवरी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज तराईका दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

यसअघि १९ भदौमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, तिथिअनुसार अटवरी पर्व १२ भदौमा पर्ने भएकाले सोही दिन सार्वजनिक बिदा दिएको थारु कल्याणकारिणी सभा ९थाकस०ले जनाएको छ । मिति संशोधन गरी प्रदेश सरकारले १२ भदौमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीले जनाएको हो ।

अटवरी थारु समुदायको मौलिक पर्व हो । अटवरी पर्वमा थारु समुदायले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाई भीमको श्रद्धापूर्वक पूजाआजा गर्छन् ।

ऐतिहासिक पक्ष
किंवदन्तीअनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेका थिए । तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबर्जस्ती गर्ने गरिरहेको थियो । उक्त राक्षसलाई मारेर ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अटवरी पर्व मनाउने प्रचलन सुरु भएको हो ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ५ : १५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं