१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

थारु समुदायमा अटवारी पर्वको रमझम



धनगढी । तराई क्षेत्रमा बसोवास गर्ने चौधरी–डगौरा समुदायले आज ‘अटवारी’ पर्व मनाइ रहेका छन् ।

आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रुपमा लिइने ‘अटवारी’ पर्व खास गरी सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरसहित दाङ, बाँके र बर्दियामा बसोवास गर्ने चौधरी डगौरा समुदाय निकै उत्साहपूर्वक मनाइन्छ ।

यो समुदायमा आइतबारलाई ‘अटवार’ ले चिनिन्छ । यसकारणा आज ९आइतबार० यो पर्व प्रारम्भ हुन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी पछिको पहिलो आइतबार प्रारम्भ हुने यो पर्वमा नाचगान एवं सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ ।

वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका मानिस अटवारी पर्वपछि भने कामको बोझ हटेर फुर्सद हुने र यही फुर्सदलाई सदुपयोग गर्दै टोलटोलमा सँस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्छन् ।

अटवरी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज तराईका दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

यसअघि १९ भदौमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, तिथिअनुसार अटवरी पर्व १२ भदौमा पर्ने भएकाले सोही दिन सार्वजनिक बिदा दिएको थारु कल्याणकारिणी सभा ९थाकस०ले जनाएको छ । मिति संशोधन गरी प्रदेश सरकारले १२ भदौमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीले जनाएको हो ।

अटवरी थारु समुदायको मौलिक पर्व हो । अटवरी पर्वमा थारु समुदायले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाई भीमको श्रद्धापूर्वक पूजाआजा गर्छन् ।

ऐतिहासिक पक्ष
किंवदन्तीअनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेका थिए । तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबर्जस्ती गर्ने गरिरहेको थियो । उक्त राक्षसलाई मारेर ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अटवरी पर्व मनाउने प्रचलन सुरु भएको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ५ : १५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम