२८ माघ २०८२, बुधबार | February 11, 2026

भृकुटीमण्डपमा फर्निचर मेला हुने



काठमाडौं । यही भदौ २३ देखि २७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ मेला सञ्चालन हुनेभएको छ ।

फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गर्न लागेको सो मेलामा भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका फर्निचर उत्पादक कम्पनीको सहभागिता रहनेछ । जेन्सा कार्पेट, हलेसी डेकोर, भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले प्रदर्शनीको आयोजना गरेका हुन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री मेलामा रहने सङ्घका अध्यक्ष शुभेन्द्र जोशीले जानकारी दिए ।

सङ्घका अध्यक्ष जोशीका अनुसार नेपालमा ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य सामाग्रीको वार्षिक कारोबार हुने गरेकामा त्यस्को झन्डै ५० प्रतिशत हिस्सा आयातित फर्निचर रहेको छ । प्रदर्शनीको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । प्रदर्शनी अवलोकनका लागि रु १०० शुल्क निर्धारण गरिएको छ ।

प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासङ्घ, आइडिया नेपाल र स्पेस म्यागेजिनको समेत सहयोग रहेको छ ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ३ : ४३ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी