१० चैत्र २०८२, मंगलबार | March 24, 2026

कर नबुझाई संचालनमा रहेको फनपार्क शिलबन्दी गर्ने काठमाडौं महानगरको चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।

काठमाडौं महानगरले बुधबार पत्राचार गर्दै फनपार्कलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र तिर्न बाँकी रहेका व्यवसाय कर, बहाल कर, विज्ञापन कर, मनोरञ्जन कर जरिवानासहित बुझाउन चेतावनी दिएको हो ।

तोकिएको समयभित्र नबुझाएमा फनपार्कमा शिलबन्दी गरी राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने महानगरले लेखेको पत्रमा उल्लेख छ ।

फनपार्कले काठमाडौं महानगरपालिकालाई तिर्न÷बुझाउन पर्ने (व्यवसाय कर, वहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) नबुझाइ वषौंदेखि व्यवसाय सञ्चालन गरेकोमा यस अगाडि पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकोले यस पत्र लेख्ने कार्य भएको छ,’ ‘महानगरको पत्रमा उल्लेख छ, ‘सो अनुसारको व्यवसाय कर वहाल कर सम्बन्धित् वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाका राजश्व विभाग बबरमहलमा गई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जारवानासमेत दाखिला गर्नहुन अनुरोध छ । तोकिएको समयभित्र नबुझाएमा त्यस फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी वाँकी सरह असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ।’

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ४ : २५ बजे

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका