१० पुस २०८२, बिहिबार | December 25, 2025

ओलीको दाबी – दुनियाँलाई चकित पार्दै एमालेले १५० सिट जित्छ



धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दल राष्ट्रियताको ख्यालै नगरी सत्ता जोगाउन विदेशी सामु लम्पसार परेको आरोप लगाएका छन् ।

सत्ता जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सरणमा पुगेका र प्रधानमन्त्री बनाइदेऊ भन्दै माओवादी अध्यक्ष प्रचण्ड पनि भारतसँग खुसुखुसु गर्न थालेका उनले बताए । ‘सत्तारुढ दल देशको लागि नभई व्यक्तिगत स्वार्थका लागि विदेशीको इसारामा पर्न थालेका छन्,’ बुधबार कञ्चनपुर पुगेका ओलीले भने, ‘जनताले त्यो सबै बुझिसकेका छन् । आगामी निर्वाचनमा एमाले एक्लै १५० सिट जितेर देशको विकास गर्ने अघि बढ्ने छ ।’

उनले देशको विकास चाहने नेपालीलाई एमालेमा आउन आग्रह गरे । बुधबार कञ्चनपुरमा आयोजित ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’मा बोल्दै उनले देश बनाउने पार्टी एमाले मात्रै भएको भन्दै अन्य पार्टीमा लागेका कार्यकर्तालाई पनि एमालेमा आएर देश विकासमा होमिन आग्रह गरे ।

‘आउँदो निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरी कम्तीमा १५० सिट जित्छ । दुनिया चकित पर्नेछ’, उनले भने, ‘कसैले विदेशीको हात समातेर सत्तामा पुग्ने सपना देखेका होलान् ।’ भोट दिने नेपाली नागरिक भएको र उनीहरूलाई देशको माया रहेको बताए ।

कार्यक्रम विभिन्न पार्टी परित्याग गरेर एमालेमा आएका नेता कार्यकर्तालाई ओलीले टिका लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ६ : ०८ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका 

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई-रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ : प्रधानमन्त्री कार्की

। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

१७ वर्षपछि स्वदेश फर्किए तारिक रहमान, ढाकामा भव्य स्वागत

ढाका । बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक