१० पुस २०८२, बिहिबार | December 25, 2025

प्रचण्डको सुर्खेत भ्रमण स्थगित



सुर्खेत । पूर्व निर्धारित कार्यक्रम अनुसार कर्णाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ ।

सिट बाँडफाँटमा कार्यदलले निष्कर्ष निकाल्न नसकेपछि बिहीबार प्रचण्डलाई नै सहभागी गराएर सहमतिको प्रयास गर्ने कांग्रेसको अडानका कारण प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको हो । शुक्रबार एक घण्टाको समय भए पनि समय मिलाएर सुर्खेत आउने विषयमा कुरा भएका नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

कर्णाली प्रदेशको बैठक भने निरन्तर हुने मल्लले जानकारी दिए । १० जिल्लाका जनप्रतिनिधि, केन्द्रीय सदस्य , जनवर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य लगायतलाई सुर्खेतमा बिहीबार हुने बैठकमा सहभागी हुन सकुलर गरिएको थियो । उक्त कार्यक्रममा उपहासचिव शक्तिबहादुर बस्नेत , जनार्दन शर्मा भने सहभागी हुनेछन् ।

बिहीबारको बैठकमा कर्णालीमा माओवादीले चुनावमा गरेको भित्री आ‌ंकलनदेखि १० जिल्लाको रिर्पोटिङ गर्ने कार्यक्रम रहेको छ । चुनावको मुखैमा मन्त्री फेरबदलले माओवादी वृत्तमा ठूलो हचचल ल्याएको छ । श्रीमतीलाई मन्त्री बनाउने चर्चादेखि टिकट वितरणमा आफन्तवाद लागू हुन सक्नेसम्मको चर्चा बढिरहेको छ ।

बुधबार मात्र नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल सुर्खेत आएर पार्टीको प्रशिक्षणमा भाग लिएका थिए । चुनाव नजिकिँदै गर्दा कर्णाालीमा राजनीतिक सरगर्मी बढिरहेको छ ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ११ : १९ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका 

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई-रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ : प्रधानमन्त्री कार्की

। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

१७ वर्षपछि स्वदेश फर्किए तारिक रहमान, ढाकामा भव्य स्वागत

ढाका । बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक