४ पुस २०८२, शुक्रबार | December 20, 2025

स्कुल कलेजका विद्यार्थी लक्षित ट्राफिक चेकिङ, आज ८८ जना विद्यार्थी चालकमाथि कारवाही



काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सुरु गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज ८८ जना विद्यार्थी चालकलाई कारवाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका ५६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २१ जना र तीव्र गतिमा जिगज्याग तवरले सवारी साधन चलाउने चार जना विद्यार्थी चालकहरु कारवाहीमा परेका हुन् ।

नम्बर प्लेट दुरूस्त नभएको सवारी साधन चलाउने चार जना, मोटरसाइकलमा तीन जना राखी चलाउने दुई जना र हेल्मेट नलगाएका एक जना चालकलाई पनि आजै कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताएका छन् ।

साउन ३० गतेबाट शुरू भएको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म ६७९ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारवाही गरिसकेको छ ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  १२ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको