१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बाँकेमा अब ट्राफिक कारवाहीको राजश्व विद्युतीय भुक्तानी



नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक नियमको उल्लङ्घन जरिवाना राजस्व असुली गर्दा रसिद दिने गरिएकोमा अब बैंकमार्फत विद्युतीय भुक्तानी गर्नुपर्ने भएको छ । सोमबारदेखि ट्राफिक जरिवाना राजस्व असुली बैंकमार्फत भुक्तानी गर्नुपर्ने ब्यवस्था गरिएको हो ।

ट्राफिक नियमको उल्लङ्घन जरिवाना राजस्व असुली अब बैंकमार्फत भुक्तानी गर्नुपर्ने ब्यवस्था गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरक्षिक तिलक सुनारले जानकारी दिए ।

बाँकेमा ट्राफिकमा भायोलेसन रेकर्ड प्रणाली (टिभिआरएस) लागू हुन लागेको हो । मादक पदार्थ सेवन (मापसे), लागुऔषध पदार्थ सेवन (लापसे) र तीव्र गतिमा सवारी चलाउने गरेकाको पुष्टि गर्न परीक्षणमा प्रविधि अपनाइसकिएको छ । उनका अनुसार लुम्बिनी प्रदेशको तीन वटा जिल्लामा ट्राफिक भायोलेसन रेकर्ड प्रणाली (टिभिआरएस) लागू हुन लागेको हो ।

“जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रविधिमैत्री बनाउने प्रयास गरेका हौँ, ट्राफिक नियम उल्लङ्घनमा हुने जरिवाना अब सिधै बैंकमा दाखिला हुनेछ”, ट्राफिक प्रहरी प्रमुख सुनारले भने, “त्यसका लागि बैंक पुगेर भौचर भरेर जम्मा गर्न सकिने तथा सिधै भुक्तानीको एप्सको प्रयोग गर्न सकिनेछ  ।”

ट्राफिक नियम उल्लङ्घन गर्नेले अब खातामा नै भुक्तानी गर्ने भएकाले आर्थिक पारदर्शितासमेत देखिने छ । यसअघि ट्राफिकले जरिवाना राजस्व असुली गर्दा रसिदमार्फत भुक्तानी लिइँदै आइएको थियो । बाँकेमा जरिवाना राजस्व भुक्तानीका लागि वाणिज्य बैंकमा रहेको खातामा भुक्तानी गर्नुपर्नेछ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : ०४ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा