२३ माघ २०८२, शुक्रबार | February 6, 2026

एकीकृत समाजवादीका केन्द्रीय सदस्य खनाल र गुल्मी अध्यक्ष भण्डारी एमालेमा फर्किए



गुल्मी । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जिल्ला गणेश खनाल र समाजवादी गुल्मी अध्यक्ष नरेश भण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले गुल्मी जिल्ला कमिटीले सोमबार तम्घासमा आयोजना गरेको कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतका नेताहरूले खनाल, भण्डारीसहित नेकपा एसका जिल्ला नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएका हुन् ।

एमालेमा प्रवेश गर्नेहरुमा खनाल, भण्डारीसहित युवा संघका केन्द्रीय सचिव हिमाल थापा, प्रदेश कमिटी सदस्य मदन विष्ट, जिल्ला कमिटी सचिवालय सदस्य मदनदीप घिमिरे, जिल्ला कमिटी सदस्य हरि कुँवर, जिल्ला कमिटी सदस्य बिष्णुप्रसाद भण्डारी, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामुजङ्ग कँडेल, जिल्ला कमिटी सदस्य यमबहादुर खत्री र अनेरास्ववियूका जिल्ला उपाध्यक्ष निलकण्ठ पाण्डे लगायत रहेका छन् ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ४ : ३२ बजे

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

काठमाडौं । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष

वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगर-१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)