२६ पुस २०८२, शनिबार | January 10, 2026

सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत



काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

राष्ट्रियससभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको उक्त विधेयकलाई सर्वसम्म स्वीकृत गरिएको हो ।

विधेयकको विविध विषयमा सांसद जीतेन्द्रनारायण देव र देवेन्द्र दाहालले जिज्ञासा राखेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले प्रतिनिधिसभाको आर्थिक समितिमा सरोकारवालासँग छलफल भई पारित भएको र प्रतिनिधिसभाले पनि पारित गरेको यो विधेयकलाई बढी व्यावहारिक र समयसापेक्ष बनाउने गरी ल्याइएको बताए।

उनले सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले देशको द्रुत आर्थिक विकास, आर्थिक स्थायित्व कायम गर्नका लागि सार्वजनिक वित्त व्यवस्थापन गर्न र वित्तीय तथा म्रौद्रिक नीतिबीच समञ्जस्यता कायम गर्न विधेयक ल्याइएको जानकारी दिए ।

विधेयकले ऋण लिने प्रकृयालाई व्यवस्थित र पारदर्शी बनाएको, वैदेशिक ऋण नेपाल सरकारले मात्रै लिने व्यवस्था गरिएको मन्त्री शर्माले जानकारी दिए । उहाँले नेपालको आर्थिक अवस्था सन्तोषजनक रहेको पनि उल्लेख गरे ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ३ : ५५ बजे

आन्दोलनको नाममा द ब्रिटिश कलेजसँग विद्यार्थीले २ करोड रुपैयाँको बार्गेनिङ गरेको खुलासा

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेजमा द्द जना विद्यार्थीले

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

वालिङ । स्याङ्जाको भीरकोट-७ बाट यस वर्षमात्रै दश करोडभन्दा बढीको

क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

काठमाडौं । क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम

चालिस माइक्रोभन्दा कमका प्लास्टिक झोला नियन्त्रणमा सक्रिय विभाग

काठमाडौं । प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

काठमाडौं । आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा रु