८ भदौ २०८३, सोमबार | August 25, 2026

बाँकेमा घृणा, द्वेष र उत्तेजना फैलाउने कर्ममा संलग्नलाई कानुनी दायरामा ल्याएर दण्डित गरिने



नेपालगन्ज । बाँकेमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा घृणा, द्वेष र उत्तेजना फैलाउने सामग्रीको नियमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको आह्वानमा आज नेपालगन्जमा बसेको सर्वदलीय एवम् सर्वपक्षीय बैठकले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा घृणा, द्वेष र उत्तेजना फैलाउने सामग्रीको नियमन गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको अध्यक्षतामा बसेको बैठकले त्यस्ता कर्ममा संलग्नलाई कानुनी दायरामा ल्याएर दण्डित गराउने र त्यसको लागि सबैले सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले धार्मिक र्यालीलाई ब्यवस्थापन गर्ने, र्यालीमा हातहतियार निषेधित गर्ने, ध्वनी प्रदुषण नियन्त्रण गर्ने, प्रशासनको पूर्व अनुमति लिएर निश्चित रुटमा मात्र र्याली निकाल्न पाइने निर्णय समेत गरेको छ ।

बैठकमा सहभागी धर्मगुरु र समाजका बिभिन्न तहको प्रतिनिधित्व गर्ने अगुवाहरुले धार्मिक सद्भाव र सामाजिक एकता कायम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ९ : १४ बजे

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौँ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल

प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना

उमेर नपुगेका बालिकाहरुलाई स्पाको काममा लगाउने ३ जना स्पा संचालक पक्राउ

नेपालगन्ज । उमेर नपुगेका बालबालिकाहरुलाई अबैध काममा लगाएको भन्दै नेपालगन्जमा