२६ पुस २०८२, शनिबार | January 10, 2026

लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परीक्षण गरियो : प्रहरी



काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ ।

एक जना १७ वर्षीया नाबालिकाले मंगलबार प्रहरी वृत्त गौशालामा लामिछाने आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिईन् । त्यसपछि प्रहरीले उनको स्वास्थ्य परिक्षण गरेको हो ।

‘प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उजुरीमा ती नाबालिकाले गत भदौ ५ गते काठमाडौँ र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौँ ल्याई रातको अन्दाजी ११ः५५ बजे काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लामिछानेले आफूलाई राखेको बताएकी छन् ।

भदौ ६ गते रात अन्दाजी १२ः २५ बजेसम्म पटक पटक बलात्कार गरेको उनले उजुरीमा जनाएकी छन् ।

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ११ : ५० बजे

आन्दोलनको नाममा द ब्रिटिश कलेजसँग विद्यार्थीले २ करोड रुपैयाँको बार्गेनिङ गरेको खुलासा

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेजमा द्द जना विद्यार्थीले

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

वालिङ । स्याङ्जाको भीरकोट-७ बाट यस वर्षमात्रै दश करोडभन्दा बढीको

क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

काठमाडौं । क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम

चालिस माइक्रोभन्दा कमका प्लास्टिक झोला नियन्त्रणमा सक्रिय विभाग

काठमाडौं । प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

काठमाडौं । आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा रु