२३ माघ २०८२, शुक्रबार | February 6, 2026

अवैध पैठारी विरुद्ध बुटवल प्रहरीको अप्रेशन : दुईदिनमा २६ लाख ६५ हजार बढीको सामान बरामद



बुटवल । भारतबाट भन्सार छलेर चोरी पैठारी गरी भित्राइने गरेको सामान विरुद्ध इलाका प्रहरी कार्यालयले अप्रेशन सुरु गरेको छ ।  बुटवल प्रहरीको अप्रेशनमा एकैदिनमा २६ लाख ६५ हजार बढीको भन्सार छलेर नेपाल भित्राइएको समान बरामद भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार बिहिबार साँझ बुटवल उप-महानगरपालिका वडा नं. १७ रानिगंज जनशक्ति टोल स्थित नारायणी न्यौपानेको घरमा अबैध रुपमा भन्सार छलेर भण्डार गरिएको १८६ बोरा चिनी बरामद गरेको थियो भने आज तिलोत्तमा ८ प्रदिप नगरबाट २९ बोरा चिनी बरामद गरेको छ ।

प्रहरीले रानीगन्जबाट चिनी वसारपसारमा प्रयोग गरिएको लु ३ च १७७८ नम्बरको पिकअप र लु १ ख ८६५५ नम्बरको मिनिट्रक तथा प्रदीपनगरबाट ५ थान मोटरसाईल पनि बरामद गरेको छ । अबैध चिनी र सवारी साधन सहित रुपन्देही रोहिनी २ का प्रवेश यादव, रामबचन सहानी, वडा नं. ७ का सुनिल लोध र देवदह ८ का ईश्वरी हिताङलाई समेत प्रहरीले पक्राउ गरेको छ । रानीगन्जबाट पनि मिनी ट्रक चालक जग बहादुर रानालाई प्रकाउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

त्यसैगरि आज बिहानै दिपनगरबाट भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्राइएको कुर्था सुरूवाल १६० पिस, साडी ७२ पिस, लुङगी २५ थान, थानको कपडा १० रोल कपडाहरुपनि प्रहरीले बरामद गरेको छ । स्थानीय प्रेम नाथ अर्यालको घर खानतलसी गर्दा अन्दाजी र २ लाख २७ हजार ५०० मुल्य बराबरको कपडाहरु बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद भएको अवैध सामान र नियन्त्रणमा लिइएको सवारी तथा व्यक्तिहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको डीएसपी केसीले बताए ।

 

 

 

 

 

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ७ : ०५ बजे

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना

सङ्खुुवासभा चैनपुरको एक घरमा आगलागी, १५ लाखको क्षति

सङ्खुुवासभा । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ ।