६ पुस २०८२, आइतबार | December 22, 2025

साफ च्याम्पियनसिप खेल्ने महिला टोलीलाई मेयर बालेन र उपमेयर डंगोलको शुभकामना



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र उपमेयर सुनिता डंगोलले भेटेका छन् ।

मेयर बालेन र उपमेयर डंगोलले शुक्रबार इन्द्रजात्राका लागि अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग भेटघाट गर्न सोल्टी होटल जाँदा राष्ट्रिय टिमलाई पनि भेटेर साफ महिला च्याम्पियनसिपका लागि शुभकामना दिएका हुन् ।

‘भेटेर साफ च्याम्पियनसिपमा राम्रो गर्न शुभकामना दिनुभएको थियो । हौसला प्रदान गर्नुभयो,’ एक खेलाडीले भनिन् ।

२१ भदौदेखि सुरु भएको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ४–० को जित निकालेको थियो । नेपालले सोमबार श्रीलंकासँग खेल्ने तालिका छ ।

समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान र श्रीलंका छन् । यता, समूह ‘ए’ मा साविक तथा प्रतियोगिताको एकमात्र विजेता भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल ३ असोजमा हुनेछ ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  ११ : ४२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको